LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । जनता समाजवादी पार्टीले मधेश प्रदेश सरकारबाट जनमत पार्टीलाई हटाउने तयारी गरिरहेको वेला सत्तारुढ गठबन्धन दलका एक घटक नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले त्यसको विपरित धारणा राखेका छन् । जनमत पार्टी गठबन्धनकै एक घटक रहेकोले मधेश प्रदेश सरकारबाट जनमतलाई हटाउन नसकिने उनले बताए ।
समाजवादी प्रेस संगठन नेपाल, धनुषा शाखाले शुक्रवार विहान जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले देश आर्थिक संकटमा फसेको वेलामा राज्यको ढुकुटीबाट अयोग्य लडाकुलाई राहतको नाममा मोटो रकम दिन नसकिने बताए । यो विषयमा आफुहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग समेत कुराकानी गरेको अध्यक्ष नेपालले बताए ।
संविधान र देशको रक्षाको लागि अहिलेको गठबन्धन आवश्यक रहेको बताउदै अध्यक्ष नेपालले भने,‘ अयोग्य लडाकुलाई राहतको नाममा पैसा दिने विषयमा गठबन्धन दल बीच कुनै कुराकानी भएको छैन । प्रधानमन्त्री जिले अयोग्य लडाकुलाई नयाँ होईन, पुरानै बाँकी रहेको रकम दिने तयारी भएको भनेर जवाफ दिनुभयो । तर वास्तविकता छे त्यो अहिले सम्म मलाई थाहा छैन ।’
अन्य दुई ठाउँमा गठबन्धनका उम्मेमदवार हारेपनि बारा २ उपचुनावमा गठबन्धनका उम्मेदवार जीताएर बारावासीले गठबन्धनको महत्वलाई र आवश्कयताको पुष्टी गरेको उनको भनाई थियो जनमत संघिय सरकारमा नरहेपनि मधेश प्रदेश सरकारबाट जनमतलाई हटाउने नसकिने उल्लेख गर्दै उनले भने,‘जनमत पार्टीले मधेश प्रदेश सरकार छोडदैनन् । जनमत गठबन्धन दलकै हिस्सा हो । यद्यपी यो अव हुने मधेश प्रदेश सरकार पुनर्गठनको विषयमा गठबन्धन दलबीच अहिले सम्म कुनै छलफल भएको छैन ।’
विचार, सिद्धान्त, वैचारिक समानमता मिल्ने पार्टीहरु माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एस र माओवादी बिपल्व बीच समाजवादी मोर्चा गठन गर्ने तयारी भईरहेको बताए । एक प्रश्नमा उनले भने,‘ जसपासँग तत्काल पार्टी एकता गर्ने कुरा भईभएको छैन । तर समाजवादी मोर्चा गठन भएर भविष्यमा ति ति पार्टीहरु बीच एकता र सहकार्यको कुरा हुन सक्छ ।’
अर्को प्रंशगमा उनले भने,‘म विगत ५० वर्षदेखि राजनीतिमा लागेको छु, तर अव उमेर साथ दिईरहरेको छैन । धेरै कुराहरु भुल्ने गरिन्छ । त्यसकारण पार्टीको महाधिवेश गराएर युवा पुस्तालाई पार्टीको जिम्मेवारि दिने सोच बनाएको छु ।’ महाधिवेशनबाट ७० वर्ष उमेर कटेकाहरुलाई विदाई गरि नयाँ पुस्तालाई अगाडी बढाउनुपर्छ भने आफ्नो व्यक्तिगत विचार रहेको उनले बताए ।

सम्बन्धित खबर