LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम १६ बैशाख । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जनकपुरधाम उपमहानगरपालिका वडा न. २५ लोहनामा ड्रेनेज,पीसीसी र आरसीसी सडक ढलानका लागि आर्थिक वर्ष २०७६।७७ मा निर्माण कम्पनी कनकार्य विकास एन्ड ब्रदर जेभीबीच सम्झौता भएको थियो । लोहनामा ११ सय मिटर सडक ढलान र जनकपुरधामका विभिन्न वडामा २३ ओटा आधुनिक शौचालय निर्माणका लागि ३० करोडको परियोजना हाल निर्माणको क्रममा रहेको जनकपुरधाम उपमहानगरपालिका वडा न.२५ लोहनाका वडा अध्यक्ष चन्देश्वर साहले बताए । परियोजनाको करीब ८५ प्रतिशत काम सम्पन्न भईसकेको र बाँकी काम छिटै नै शुरु हुने वडा अध्यक्ष चन्देश्वर साहले बताए ।

वडा अध्यक्ष चन्देश्वर साहका अनुसार वडा न. २५ लोहनामा कतिकौ ठाउँमा सडक विवाद समस्या उत्पन्न देखिएपछि वडा न. २५ का भरभला आदमी, नागरिक समाज, बृद्धीजिवि संग समन्वय र सहकार्य गरि सडक विवाद समस्यालाई समाधान गरि सडक ढलान गरिएको वडा अध्यक्ष साहले बताए । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले लोहनामा रहेको मुख्य सडक ड्रेनेज,पीसीसी र आरसीसी सडक ढलान गरिरहे पनि वडा न. २५ को पासवान टोलको सडक परियोजना अन्तर्गत छिटै नै सडक ढलान हुने वडा अध्यक्ष चन्देश्वर साहले बताए । यता लोहना कै मुस्लिम टोलको पुरवारी मोहल्लाको सडकको अवस्था ज्रिन रहेको छ । सडकमा पानी भरिभराव रहदाँ स्थानिय मोहल्ला वासीलाई आवत जावत गर्न धेरै समस्या भईरहेको हुदाँ यो समस्यालाई छिटै समाधान गरि सडकमा आवत जावत गर्ने खालको योजना बनाई रहेको वडा अध्यक्ष चन्देश्वर साहको भनाई थियो ।

 

 

सम्बन्धित खबर