LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

जनकपुरधाम १६ बैशाख । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जनकपुरधाम उपमहानगरपालिका वडा न. २५ लोहनामा ड्रेनेज,पीसीसी र आरसीसी सडक ढलानका लागि आर्थिक वर्ष २०७६।७७ मा निर्माण कम्पनी कनकार्य विकास एन्ड ब्रदर जेभीबीच सम्झौता भएको थियो । लोहनामा ११ सय मिटर सडक ढलान र जनकपुरधामका विभिन्न वडामा २३ ओटा आधुनिक शौचालय निर्माणका लागि ३० करोडको परियोजना हाल निर्माणको क्रममा रहेको जनकपुरधाम उपमहानगरपालिका वडा न.२५ लोहनाका वडा अध्यक्ष चन्देश्वर साहले बताए । परियोजनाको करीब ८५ प्रतिशत काम सम्पन्न भईसकेको र बाँकी काम छिटै नै शुरु हुने वडा अध्यक्ष चन्देश्वर साहले बताए ।

वडा अध्यक्ष चन्देश्वर साहका अनुसार वडा न. २५ लोहनामा कतिकौ ठाउँमा सडक विवाद समस्या उत्पन्न देखिएपछि वडा न. २५ का भरभला आदमी, नागरिक समाज, बृद्धीजिवि संग समन्वय र सहकार्य गरि सडक विवाद समस्यालाई समाधान गरि सडक ढलान गरिएको वडा अध्यक्ष साहले बताए । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले लोहनामा रहेको मुख्य सडक ड्रेनेज,पीसीसी र आरसीसी सडक ढलान गरिरहे पनि वडा न. २५ को पासवान टोलको सडक परियोजना अन्तर्गत छिटै नै सडक ढलान हुने वडा अध्यक्ष चन्देश्वर साहले बताए । यता लोहना कै मुस्लिम टोलको पुरवारी मोहल्लाको सडकको अवस्था ज्रिन रहेको छ । सडकमा पानी भरिभराव रहदाँ स्थानिय मोहल्ला वासीलाई आवत जावत गर्न धेरै समस्या भईरहेको हुदाँ यो समस्यालाई छिटै समाधान गरि सडकमा आवत जावत गर्ने खालको योजना बनाई रहेको वडा अध्यक्ष चन्देश्वर साहको भनाई थियो ।

 

 

सम्बन्धित खबर