LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मिटर ब्याज सामन्तवादी शोसनको नमुना रहेकाले जडै देखि उखेलेर फाल्ने बताएका छन् । जनकपुरधाममा मिटर ब्याजको समस्या समाधानका लागि नेपाल सरकारले स्थापना गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको केन्द्रिय कार्यालय जनकपुरधाममा समुदघाटन गर्दै गृहमन्त्री श्रेष्ठले जनकपुरधाममा सुरु भएको आयोगको कार्यालयलाई समान्य रुपमा नलिन समेत सबैलाई आग्रह गर्दै मिटर ब्याज सम्बन्धी थप अनुसन्धान र छानविन हुने बताएका छन् ।

उनले छिट्टै ऐन संसोधनका लागि संसदमा जाने र ढिलाई भए विकल्पका बारेमा पनि छलफल भइरहेको उनले बताए । गृहमन्त्री श्रेष्ठले घरजग्गा पास गरि पैसा लिएदिएको सन्दर्भमा त्यस्ता सम्पतीनै खारेज गर्ने, अनुचित ब्याज लिएको पाइएमा पैसा नै फिर्ता गर्नुपर्ने सम्मको कानुन ल्याउन लागेको समेत बताए ।

श्रेष्ठले हरेक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुो संयोजकत्वमा एक समिति बनाएर आयोग संगको समन्वयमा समस्या समाधानका लागि पहल भइरहेको बताए । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, शिक्षा मन्त्री महेश यादव, आयोगका अध्यक्ष गौरी बहादुर कार्की, सदस्यहरु गणेशबाबु अर्याल र उत्तमराज सुवेदी सहितको उपस्थिती थियो । गृहमन्त्री श्रेष्ठ आजै जनकपुरधाममा आयोजना हुने प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुनेछ ।

सम्बन्धित खबर