LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

जनकपुरधाम १७ बैशाख । मधेश बालिका सम्मेलन २०८० दुई दिने जनकपुरधाममा शुरु हुने भएको छ । महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयलको आयोजनामा मधेश बालिका सम्मेलन जनकपुरको मशाला कोटेज होटलमा आईतवार देखि शुरु भएको छ । मधेश बालिका सम्मेलन कार्यक्रम गैर सरकारी संस्था तथा लाईफ नेपालको समन्वयमा उक्त कार्यक्रम संचालन हुने भएको छ । कार्यक्रममा मधेश प्रदेशका मुख्यमंन्त्री सरोज कुमार यालवले प्रदेशका बालबालिकाको हितका लागि प्रदेश सरकारले काम गरिरहेको बताएका छन । सन २०३० सम्म बाल बिवाह अन्त गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन । गरिब दलित, अल्पसंख्यक , पिछिडिएको समुदायलाई शिक्षामा पहुचको लागि प्रदेश सरकार लागिपरेको उनले बताए ।

बाल बिवाह दाइँजो प्रथा अन्तय गर्नका लागि प्रदेश सरकारले अझै महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको मुख्यमंन्त्रीले बताए । मधेश बालिका सम्मेलन २०८० सहि समयमा भएको र यो कार्यक्रमले आउने आर्थिक वर्षमा थप बालबालिकाको लागि कार्यक्रम योजनामा राख्ने समझना दिलाएको उनले बताए । मुख्यमंन्त्री सरोज कुमार यादवले भने, बालबालिकाको शुन्दर भविष्यका लागि प्रदेश सरकारले कयौ योजनाहरु संचालन गरिरहेको बताए । गरिब दलित अल्पसंख्यक पिछिडिएको समुदायका बालबालिकालाई पनि शिक्षा,स्वास्थ लगायतका क्षेत्रमा अगाडी ल्याउँन सबैको दायित्व रहेको बताएका छन । कार्यक्रममा गैर सरकारी संस्था ,शिक्षा प्रमी लगायतका व्यक्तीहरु सहभागि रहेका थिए ।

सम्बन्धित खबर