LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम १७ बैशाख । मधेश बालिका सम्मेलन २०८० दुई दिने जनकपुरधाममा शुरु हुने भएको छ । महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयलको आयोजनामा मधेश बालिका सम्मेलन जनकपुरको मशाला कोटेज होटलमा आईतवार देखि शुरु भएको छ । मधेश बालिका सम्मेलन कार्यक्रम गैर सरकारी संस्था तथा लाईफ नेपालको समन्वयमा उक्त कार्यक्रम संचालन हुने भएको छ । कार्यक्रममा मधेश प्रदेशका मुख्यमंन्त्री सरोज कुमार यालवले प्रदेशका बालबालिकाको हितका लागि प्रदेश सरकारले काम गरिरहेको बताएका छन । सन २०३० सम्म बाल बिवाह अन्त गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएका छन । गरिब दलित, अल्पसंख्यक , पिछिडिएको समुदायलाई शिक्षामा पहुचको लागि प्रदेश सरकार लागिपरेको उनले बताए ।

बाल बिवाह दाइँजो प्रथा अन्तय गर्नका लागि प्रदेश सरकारले अझै महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको मुख्यमंन्त्रीले बताए । मधेश बालिका सम्मेलन २०८० सहि समयमा भएको र यो कार्यक्रमले आउने आर्थिक वर्षमा थप बालबालिकाको लागि कार्यक्रम योजनामा राख्ने समझना दिलाएको उनले बताए । मुख्यमंन्त्री सरोज कुमार यादवले भने, बालबालिकाको शुन्दर भविष्यका लागि प्रदेश सरकारले कयौ योजनाहरु संचालन गरिरहेको बताए । गरिब दलित अल्पसंख्यक पिछिडिएको समुदायका बालबालिकालाई पनि शिक्षा,स्वास्थ लगायतका क्षेत्रमा अगाडी ल्याउँन सबैको दायित्व रहेको बताएका छन । कार्यक्रममा गैर सरकारी संस्था ,शिक्षा प्रमी लगायतका व्यक्तीहरु सहभागि रहेका थिए ।

सम्बन्धित खबर