LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक अनुशासन कायम गर्नका लागि राज्यका सबै निकाय, क्षेत्र उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ सम्बन्धी प्रस्तुतीकरणमा प्रधानमन्त्री दाहालले महालेखा परीक्षकको प्रतिवेदनले उठाएका विषयलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ ले औँल्याएका विषयमा महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले बेरुजु फछ्र्योटका सन्दर्भमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने काम, नीतिगत सुधार र अर्थ प्रशासनसँग जोडिएकाले गर्नुपर्ने कामलगायत विषयमा प्रस्तुतीकरण केन्द्रित थियो ।

आर्थिक अनुशासन कायम गर्ने सवालमा कुनै पनि तलमाथि गर्न नमिल्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले बेरुजु फछ्र्योट गर्ने सम्बन्धमा प्रतिवेदनले औँल्याएका विषयवस्तुलाई कार्ययोजनासहित कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक विषयमा जिम्मेवारी लिएकाले इमान्दार भएर काम गर्न र पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

मुख्यसचिव शङ्करदास बैरागीले महालेखाले उठाएका सवालमा कुनै तलमाथि नहुने गरी कार्यान्वयन गर्न कर्मचारी प्रशासनलाई निर्देशन दिनुभयो । महालेखाले क्षेत्रगतरुपमा औँल्याएका विषयलाई इमान्दार भएर कार्यान्वयन गर्न र कमजोरी नगर्न र आर्थिक अनुशासन कायम गर्न पनि बेरुजु फछ्र्योटमा निर्मम बन्नै पर्ने उहाँको भनाइ रहेको नायब महालेखा परीक्षक रवीन्द्रप्रसाद देवकोटाले जानकारी दिनुभयो । रासस   

सम्बन्धित खबर