काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न आफूहरु अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा रहेको बताए ।सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने भन्दै उनले गठबन्धनमा केही गल्ती भए सच्याएर अघि बढ्नुपर्ने तर स्थिरता कायम गर्नुपर्ने बताए ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि सरकारसँग पर्याप्त बहुमत रहेको बताए । यादवले भने, ‘सरकार राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिदैमा सरकारलाई संख्यात्मक हिसावले खासै फरक पर्दैन । अहिले पनि कम्फरटेबल मेजरिटीको सरकार छ । ५ दलीय गठबन्धनको सरकार हो । र, गठबन्धनसँग पर्याप्त मत छ । संख्या छ ।’