LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले मधेश प्रदेशको सरकार नेतृत्व पाउनुपर्ने माग गरेको छ ।
शनिवार काठमाण्डौमा भएको पाँच दलको वैठकमा लोसपाले मधेश प्रदेशको नेतृत्व आफुहरुले पाउनुपर्ने माग गरेको हो । मधेश प्रदेश सरकार विस्तारको विषयमा दुई दिनदेखि पाँच दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी.(जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा एकिकृत समाजवादी पार्टी र माओवादी केन्द्रका मधेशका जिम्मेवार पदाधिकारिहरुको संयुक्त वैठक काठमाण्डौमा बस्दै आएको छ । शनिवार पनि पाँच दलको वैठक बसेपनि सरकार विस्तारमा कुनै ठोस निर्णय नेताहरुले गर्न सकेका छैनन् ।
लोसपाका संसदीय दलका नेता अभिराम शर्माले गत मंसिरमा भएको निर्वाचनमा नेपाली काँग्रेस, माओवादी सहितको गठबन्धनदेखि राष्ट्रपति, उपराष्ट्रपति र बाराको उप चुनाव सम्म आफुहरु सत्तारुढ गठबन्धनसँगै रहेकोले प्रदेश सरकारको नेतृत्व लोसपाले पाउनुपर्ने बताए । गत मंसिरको चुनावमा जसपा सत्तारुढ गठबन्धनबाट अलग भई नेकपा एमालेसँग गठबन्धन गरेकोले गत मंसिरको चुनावको अधारमा लोसपाले सरकारको नेतृत्व पाउनुपर्ने शर्माले दावि गरे ।
नेता शर्माले भने,‘ यहाँ दलीय सहमतिको कुरा हो । सिटको कुरा होईन । कुनै पार्टीलाई सरकार बनाउने वहुमत पनि छैन । दलीय सहमितमै सरकार गठन भएको हो । त्यसकारण अवको सरकारको नेतृत्व लोसपाले पाउनुपर्ने हो ।’ उनले अगाडी भने,‘ काँग्रेस, माओवादीसहितका दलहरु अन्य प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ, मधेशमा लोसपालाई नेतृत्व दिनुपर्छ ।’
यता, नेपाली काँग्रेसका मधेश प्रदेशका संसदीय दलका नेता तथा प्रदेश अध्यक्ष कृष्णा प्रसाद यादवले शनिवारको वैठकमा सरकार विस्तार वारे कुनै ठोस छलफल नभएको बताए ।
शनिवारको वैठकमा काँग्रेस,लोसपासहितले सरकार नेतृत्वको दावि गरेपछि मुख्यमन्त्री सरोज कुमार यादवले जसपा वाहेकका दलहरु काँग्रेस, लोसपा, माओवादी केन्द्र र नेकपा एसलाई सरकार विस्तारको विषयमा एकमत गरि पुनः छलफल गर्नमा बस्ने भनेर वैठक छोडेर वाहिर निस्केका थिए । सरकार विस्तार सम्बन्धमा अव सोमवार बैठक बस्ने नेता शर्माले जानकारि दिए ।

 

सम्बन्धित खबर