
जनकपुरधाम । विजनेसको अभावमा लामो समयदेखि स्थगित रहेको प्रदेश सभाको अगामाी जेष्ठ २ गते आह्वान गरिएको छ ।
प्रदेशसभा सचिवालयका निमित सचिव रंजितकुमार यादवले प्रदेश सभाको वैठक २ जेष्ठको लागि आह्वान गरिएको बताए । यस अघि २७ चैतमा प्रदेश सभाको वैठक बसि स्थगित भएको थियो । जेष्ठ २ गते बस्ने वैठकमा विभिन्न ४ वटा विद्येयक प्रदेश सभामा टेबुल हुने कार्यसुचि रहेको सचिव यादवले बताए । वैठकमा भौतिक पूर्वाधार मन्त्रालयले बनाएको यातायात सम्बन्धी विधेयक, महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले बनाएको बालबालिका संरक्षण र गृह तथा संचार मन्त्रालले बनाएको प्रदेश प्रशासन सम्बन्धी विधेयक र समसमायिक विषयमा पनि कार्यसुचिमा समावेश गरिने सचिव यादववे बताए ।
यसैबीच, मधेश प्रदेशमा नयाँ सरकार गठन भएता अहिले सम्म ८ वटा वैठक मात्रै बसेको छ । प्रदेश सभाको पहिलो वैठक १८ पुसमा बसेको थियो ।
उक्त वैठकको कार्यसुचिमा शुभकामना अरदानप्रदान र सभामुखको निर्वाचनको मिति घोषणा रहेको थियो । त्यसपछि ३ माघमा बसेको दोस्रो वैठकले सभामुखको निर्वाचन र सोही दिन बसेको अर्को वैठकले उपसभामुखको निर्वाचन भयो । ४ माघमा बसेको तेस्रो वैठकले मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिए । त्यसपछि २ फाल्गुनमा पाँचौ पटक बसेको वैठकले मुख्यमन्त्रीलाई शुभकाना ज्ञापन तथा कार्य परार्मश समिति गठन गरियो ।
३ फाल्गुनमा छठौ पटक बसेको वैठकले संसदीय समिति गठनको लागि दलहरुलाई आह्वान गरियो र ४ फाल्गुनमा बसेको सातौ वैठकले गत आर्थिक वर्ष कार्य सम्पन्न भएरपनि भुक्तानि हुन नसकेको योजनाहरुको भुक्तानि दिन उपसभामुखको संयोकत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरियो । त्यसपछि उच्च स्तीय छानबिन समितिको संयोजकबाट उपसभामुख बविता कुमारी राउत इश्वरले राजनीनामा दिएपछि सो पदमा लोकतान्त्रिक समाजवादी पार्टीकी सासद रानि शर्मा तिवारीलाई संयोजक बनाएको विषयमा जानकारि दिन चैत २७ गते वैठक बसेको थियो । सो वैठक बसेयता प्रदेश सभाको वैठक स्थगित रहेको छ ।
यसरी लामो समयदेखि प्रदेश सभा स्थगित रहदाँ प्रदेशका सासदहरु फुर्सदिलो भएका छन् । जनताको राजस्वबाट तलब तथा विभिन्न सेवा सुविधा सासदहरुले लिएपनि प्रदेश सभा लामो समयदेखि स्थगित रहदाँ जनताको अवाज सरकार समक्ष पुग्न सकिरहेको छैन ।