LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । काठमाण्डौबाट महोत्तरीको भिठ्ठामोड तर्फ आईरहेको प्रदेश २ –०३–००१ ख १२१५ नम्बरको सावित्रि डिलक्स बसमा सशस्त्र प्रहरीले चेकचाँज गर्दा ५ सय ६६ थान चौरी गाईको पुच्छरसहित ४ जनालाई आज विहान साढे ९ बजेतिर पक्राउ गरेको छ ।
सो रात्री बसमा काठमाण्डौको लक्ष्मी पुजा पसलबाट जलेश्वर भिठामोडको जानकी ट्रेडर्सको नाउँमा भ्याट बील सहित पठाईएको सो पुच्छरको मुल्य २८ लाख ३० हजार रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण हेडक्वाटर महोत्तरी जलसागरका सशस्त्र प्रहरी उपरीक्षक लेखनाथ खनालले बताए । गोप्य सुचनाको अधारमा सशस्त्र प्रहरी निरीक्षक टिकाराम मैनालीको नेतृत्वमा खटि गएको टोलीले उक्त प्रतिबन्धित समानसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका– ३ का २६ वर्षिय विकास कुमार महतो, धादिङ्ग गजुरी गाउँपालिका –८ का उमेश वहादुर बस्नेत, बारा सिमरा उपमहानगरपालिका –१ का ६० वर्षिय सुमन मानन्धर र धनुषा हसपुर नगरपालिका–३७ वर्षिय मो. अजिन रहेका छन् । ति अपराधिलाई आवश्यक कारर्वाहीका लागि सशस्त्र प्रहरीको वर्दिवासस्थित गणमा पठाईएको छ भने प्राप्त भएको चौरी गाईको पुच्छर जिल्ला वन कार्यालय महोत्तरीमा राखिएको समाचारमा जनाईएको छ ।
चौरी गाईको पुच्छर भारतमा अत्यधिक माग रहेकोले त्यहाँ १ करोड १३ लाख ४० हजार मुल्यपर्ने अनुमान गरिएको छ । पक्राउ परेका ति व्यक्तिहरु उक्त चौरी गाईको पुच्छरको भारत तर्फ तस्करी गर्न लागिएको अवस्थामा पक्राउ गरेको हो ।

सम्बन्धित खबर