LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

पाकका पुर्व प्रधानमन्त्री इमरान खानलाई रिहा गर्न सर्वोच्चको आदेश
एजेन्सी । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारी गैरकानूनी भएको भन्दै रिहा गर्न आदेश दिएको छ।

सर्वोच्च अदालतले इमरान खानलाई इस्लामावाद उच्च अदालतमा जान र उसले गरेको फैसला स्वीकार्नसमेत आदेश दिएको छ।

भ्रष्टाचारको मुद्दामा इमरान खानलाई मंगलबार अदालत परिसरबाट पक्राउ गरिएको थियो। उनका वकिलहरूले सर्वोच्च अदालतमा इमरान खानको गिरफ्तारी अवैध भएको भन्दै मुद्दा दायर गरेका थिए।यसैबीच, पाकिस्तान पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई पक्राउ गर्दा लाठी बर्साइएको बताएका छन्।

बिहीबार पाकिस्तानको सर्वोच्च अदालतमा सुनुवाइका क्रममा खानले इस्लामवाद उच्च अदालतमा आफूलाई पक्राउ गर्दा लाठी बर्साइएको बताएका हुन्।

इमरान खानले आफू पक्राउपछि भएको प्रदर्शनको लागि निन्दा गरुन् भन्ने प्रधानन्यायाधीशले चाहेका थिए।

तर, त्यसको जवाफमा खानले आफ्नो गिरफ्तारीपछि भएका हिंसात्मक घटनाका लागि आफू जिम्मेवार नभएको बताएका थिए।

इमरान खानले अदालतमा आफ्नो पार्टी हिंसा नभई चुनाव चाहेको बताएका थिए।

भ्रष्टाचारको मुद्दामा इमरान खानलाई मंगलबार अदालत परिसरबाट पक्राउ गरिएको थियो। उनका वकिलहरूले सर्वोच्च अदालतमा इमरान खानको गिरफ्तारी अवैध भएको भन्दै मुद्दा दायर गरेका थिए।

इमरान खान पक्राउ परेपछि पाकिस्तानमा विरोध प्रदर्शन र हिंसात्मक झडपको शृंखला सुरु भएको थियो।

हिंसात्मक झडपममा बिहीबारसम्म १० जनाको मृत्यु भएको छ भने १९ सय जना पक्राउ परेका छन्।

सरकारले पाकिस्तान तहरीक–ए–इन्साफ पार्टी ९पीटीआई० सात नेताविरुद्ध हत्या, डकैती, सरकारी सम्पत्तिमा क्षति पुर्याएको आरोपमा मुद्दा दर्ता गरिएको छ। उनीहरूमाथि १५ करोडभन्दा बढिको सम्पत्तिमा क्षति पुर्याएको आरोप लगाइएको छ।

सम्बन्धित खबर