LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

मधेश प्रदेशमा सत्तारुढ गठन्धनका शीर्ष नेताहरूले मुख्यमन्त्री सरोज कुमार यादवसँग सरकारको क्रियाकलापलाई लिए असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका मधेश प्रदेशका संसदीय दलका नेताहरूले बिहीबार मुख्यमन्त्री यादवलाई भेटेर असन्तुष्टि व्यक्त गरेका हुन् । सरकार गठन भएयता सरकारले देखिने कुनै क्रियाकलाप नगरेको र मधेश प्रदेश सरकारप्रति जनताको नकरात्मक टिकाटिप्पणी भएको भन्दै उनीहरूले मुख्यमन्त्री यादवसँग गुनासो गरेका हुन् ।

आफूहरू सरकारको साझेदार दल भएको र सरकारको नकरात्मक टिकाटिप्पणीले गलत सन्देश जाने भन्दै मुख्यमन्त्री यादवलाई ध्यानाकर्षण गराएको बैठकमा सहभागी भएको नेताहरूले बताएका छन् ।

बैठकमा नेपाली कांग्रेसका मधेश प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादव, लोसपाका संसदीय दलका नेता अभिराम शर्मा, जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव, माओवादी केन्द्र र नेकपा एसका सासदहरू सहभागी भएका थिए । बैठकमा सरकार विस्तारबारे समेत छलफल भएको लोसपाका संसदीय दलका नेता अभिराम शर्माले बताए ।

सरकारको नेतृत्व र मन्त्रालय बाँटफाँटको विषय केन्द्रीय गठबन्धनबाट मात्रै टुंगिने भएकोले अगामी आइतबार केन्द्रीय गठबन्धनका शीर्ष नेताहरूको बैठकबाट कुनै निर्णय हुने विषयमा बैठक छलफल भएको नेता शर्माले बताए ।

सम्बन्धित खबर