LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

मधेश प्रदेशमा सत्तारुढ गठन्धनका शीर्ष नेताहरूले मुख्यमन्त्री सरोज कुमार यादवसँग सरकारको क्रियाकलापलाई लिए असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका मधेश प्रदेशका संसदीय दलका नेताहरूले बिहीबार मुख्यमन्त्री यादवलाई भेटेर असन्तुष्टि व्यक्त गरेका हुन् । सरकार गठन भएयता सरकारले देखिने कुनै क्रियाकलाप नगरेको र मधेश प्रदेश सरकारप्रति जनताको नकरात्मक टिकाटिप्पणी भएको भन्दै उनीहरूले मुख्यमन्त्री यादवसँग गुनासो गरेका हुन् ।

आफूहरू सरकारको साझेदार दल भएको र सरकारको नकरात्मक टिकाटिप्पणीले गलत सन्देश जाने भन्दै मुख्यमन्त्री यादवलाई ध्यानाकर्षण गराएको बैठकमा सहभागी भएको नेताहरूले बताएका छन् ।

बैठकमा नेपाली कांग्रेसका मधेश प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादव, लोसपाका संसदीय दलका नेता अभिराम शर्मा, जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव, माओवादी केन्द्र र नेकपा एसका सासदहरू सहभागी भएका थिए । बैठकमा सरकार विस्तारबारे समेत छलफल भएको लोसपाका संसदीय दलका नेता अभिराम शर्माले बताए ।

सरकारको नेतृत्व र मन्त्रालय बाँटफाँटको विषय केन्द्रीय गठबन्धनबाट मात्रै टुंगिने भएकोले अगामी आइतबार केन्द्रीय गठबन्धनका शीर्ष नेताहरूको बैठकबाट कुनै निर्णय हुने विषयमा बैठक छलफल भएको नेता शर्माले बताए ।

सम्बन्धित खबर