LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नै पार्टीको नेतृत्व सरकार रहने दावि गरेका छन् ।
शुक्रवार विहान जनकपुरधाममा पत्रकार सम्मेलन गरि अध्यक्ष यादवले बाराको उपचुनाव ताका सत्ता गठबन्ध दल बीच प्रदेश सरकारको नेतृत्वको विषयमा कुनै सहमति नभएको उनले दावि गरे । मधेश प्रदेश सरकार विस्तारको विषयमा गठबन्धन दलहरु बीच छलफल भईरहेको र केहि दिनमै सरकार विस्तार हुने अध्यक्ष यादवले बताए । संचारकर्मीहरुको एक प्रश्नमा उनले भने,‘ प्रदेश सरकारमा जनमत रहने वा नरहेने विषय प्रधानमन्त्री प्रचण्डमा निर्भर छन् । तर जनमत सत्ता गठबन्धनमा भएर पनि त्यो अनुसार व्यवहार नदेखाएकोले पछि यो विषयमा केहि निर्णय नहुने होईन ।’
अर्को प्रशंगमा, अध्यक्ष यादवले कोशि प्रदेशको नामाकरण विरुद्ध थालिएको आन्दोलनलाई समर्थन गरेका छन् ।
कोशी प्रदेश पहिचानको अधारमा नभएको भन्दै प्रदेशको नामाकरण परिमार्जन गर्नुपर्ने बताए । कोशी नामाकरण पहिचान र संघियताको मर्म अनुसार नभएको उल्लेख गर्दै अध्यक्ष यादवले भने,‘ प्रदेशको नामारकण परिर्वतन हुनुपर्ने भनेर आन्दोलन थालिएको छ , यो आन्दोलन समयमै साम्य पार्नुपर्छ,यसलाई समयमा सम्बोधन गरिएन भने यसले ठुलो रुप लिन्छ ।’
यो विषयमा आफुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत ध्यानकर्षण गराईसकेको बताउदै अध्यक्ष यादवले भने,‘ आज तपाईहरुको माध्यले पनि यो विषयलाई जोड दिईरहेको छु । प्रदेशको नाम परिवर्तन नभए मुलुकमा ठुलो विद्रोह उत्पन्न हुन्छ सक्छन्, त्यसकारण समय रहदै यसलाई सच्चाउन सबै दल गम्भिर हुनुको विकल्प छैन ।’
नक्कली भुटानी शरणर्थी घटना प्रकरणमा दोषि जो कोहीलाई कारर्वाही हुनुपर्ने बताए । नक्कली भुटानी शरणर्थी प्रकरणमा देशको साख र गरिमा जोडिएको बताउदै अध्यक्ष यादवले भने,‘ मुलुकलाई अन्तराष्ट्रिय स्तरमा बदमाना गर्नेलाई कुनैपनि हालतमा छोडनु हुदैन । यसलाई संरक्षण गरिए अन्तराष्ट्रिय स्तरमा देशमा बदनाम हुन्छ ।

सम्बन्धित खबर