LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नै पार्टीको नेतृत्व सरकार रहने दावि गरेका छन् ।
शुक्रवार विहान जनकपुरधाममा पत्रकार सम्मेलन गरि अध्यक्ष यादवले बाराको उपचुनाव ताका सत्ता गठबन्ध दल बीच प्रदेश सरकारको नेतृत्वको विषयमा कुनै सहमति नभएको उनले दावि गरे । मधेश प्रदेश सरकार विस्तारको विषयमा गठबन्धन दलहरु बीच छलफल भईरहेको र केहि दिनमै सरकार विस्तार हुने अध्यक्ष यादवले बताए । संचारकर्मीहरुको एक प्रश्नमा उनले भने,‘ प्रदेश सरकारमा जनमत रहने वा नरहेने विषय प्रधानमन्त्री प्रचण्डमा निर्भर छन् । तर जनमत सत्ता गठबन्धनमा भएर पनि त्यो अनुसार व्यवहार नदेखाएकोले पछि यो विषयमा केहि निर्णय नहुने होईन ।’
अर्को प्रशंगमा, अध्यक्ष यादवले कोशि प्रदेशको नामाकरण विरुद्ध थालिएको आन्दोलनलाई समर्थन गरेका छन् ।
कोशी प्रदेश पहिचानको अधारमा नभएको भन्दै प्रदेशको नामाकरण परिमार्जन गर्नुपर्ने बताए । कोशी नामाकरण पहिचान र संघियताको मर्म अनुसार नभएको उल्लेख गर्दै अध्यक्ष यादवले भने,‘ प्रदेशको नामारकण परिर्वतन हुनुपर्ने भनेर आन्दोलन थालिएको छ , यो आन्दोलन समयमै साम्य पार्नुपर्छ,यसलाई समयमा सम्बोधन गरिएन भने यसले ठुलो रुप लिन्छ ।’
यो विषयमा आफुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत ध्यानकर्षण गराईसकेको बताउदै अध्यक्ष यादवले भने,‘ आज तपाईहरुको माध्यले पनि यो विषयलाई जोड दिईरहेको छु । प्रदेशको नाम परिवर्तन नभए मुलुकमा ठुलो विद्रोह उत्पन्न हुन्छ सक्छन्, त्यसकारण समय रहदै यसलाई सच्चाउन सबै दल गम्भिर हुनुको विकल्प छैन ।’
नक्कली भुटानी शरणर्थी घटना प्रकरणमा दोषि जो कोहीलाई कारर्वाही हुनुपर्ने बताए । नक्कली भुटानी शरणर्थी प्रकरणमा देशको साख र गरिमा जोडिएको बताउदै अध्यक्ष यादवले भने,‘ मुलुकलाई अन्तराष्ट्रिय स्तरमा बदमाना गर्नेलाई कुनैपनि हालतमा छोडनु हुदैन । यसलाई संरक्षण गरिए अन्तराष्ट्रिय स्तरमा देशमा बदनाम हुन्छ ।

सम्बन्धित खबर