LIVE
रामकलेवासँगै रामजानकी विवाहपञ्चमी महोत्सव सम्पन्न (फोटो फिचर) | भोलि सम्पन्न हुदै सताव्यापी विवाहपञ्चमी महोत्सव | जनकपुरधाम विवाहपंचमी महोत्सवको रौनक | प्रहरी प्रशासनसँग मिलेर भुमाफियाहरुले आफ्नो बस्ती उजार गर्न खोजे ः लादोबेलावासी | गढीमाईको सुरक्षा अवस्था बुझ्न गृहमन्त्री गृहमन्त्री लेखक मेलामा | विवाहपञ्चमी महोत्सव अन्तर्गत तिलकोत्सव सम्पन्न | अयोध्याबाट हिडेका जन्ती टोली आज जनकपुरधाम पुग्दै, आज धनुष यज्ञ | ठोकिएर मृत्यु भएका सशस्त्र प्रहरी सई यादवको विषय प्रदेश स्तरीय सुरक्षा वैठक | धनुषाधाम १ ः काँग्रेसले गुमायो विरासत, माओवादी केन्द्रले काँग्रेसको किल्लामा गाड्यो झण्डा | धनुषासहित मधेश प्रदेशमा उपनिर्वाचन शान्तिपुर्ण सम्पन्न |

जनकपुरधाम। जनकपुरधाममा राति १२ बजेसम्म व्यापार व्यवसाय सञ्चालनका लागि सुरक्षा व्यवस्था मिलाइदिन जनकपुरधाम उद्योग वाणिज्य संघले स्थानीय प्रशासनसँग माग गरेको छ ।

शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारी कशीराज दाहाललाई ज्ञापन पत्र बुझाउदै संघका पदाधिकारीहरुले जनकपुरधाम उपमहानगरपालिकाको नगर क्षेत्रमा राति १२ बजेसम्म व्यापार व्यवसाय सञ्चालनका लागि सुरक्षा व्यवस्था मिलाइदिन माग गरेका हुन् ।

ज्ञापन पत्रमा खुल्ला सिमाका कारण नेपालमा भारतीय पर्यटकहरुको आवागमन बढिरहेको र बोर्डरमा राति १० बजेसम्म भारतीय पर्यटकहरु नेपाल प्रवेश गर्न सक्ने भएकाले जनकपुरधाम नगर क्षेत्रमा राति १२ बजेसम्म पर्यटकका लागि आवश्यक पर्ने होटल, रेष्टुरेन्ट, किराना पसल, फलफुल, फाष्टफुड सहितका पसलहरु खोल्नका लागि सुरक्षाको प्रवन्ध मिलाइदिन माग गरिएको छ ।

पर्यटकहरु राति १० बजेको समयमा जनकपुरधाम आउँदा बस्ने र खाने होटलहरु बन्द हुने गरेकाले समस्या भइरहेकोले संघले यस्तो माग गरेको संघका अध्यक्ष जितेन्द्र महासेठले बताए ।

उनले जनकपुरधाम धार्मिक पर्यटनको केन्द्र रहेकाले पर्यटक नै असुरक्षित र असन्तुष्ट भए व्यापार घाटा हुने भएकाले सुरक्षा प्रवन्धको मागसहित ज्ञापन पत्र बुझाइएको जानकारी दिए ।

ज्ञापन पत्र बुझाउन संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, उपाध्यक्ष अम्भु प्रसाद साह, सचिव फुलदेव पण्डित, कोषाध्यक्ष परमेश्वर साहसहितका पदाधिकारी तथा सदस्यहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

सम्बन्धित खबर