जनकपुरधाम, नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि उनी फरार थिए । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो ।
यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।