LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले संसद् तातेको छ । प्रतिनिधिसभाको बजेट अधिवेशनअन्तर्गतको सोमवार (आज)को बैठकमा बोल्दै सांसदहरूले दोषीलाई कारबाहीदेखि घटनाको छानबिनको प्रगतिबारे सार्वजनिक गर्न माग गरेका छन् । बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले दोषीलाई कारबाहीको माग गरे ।

नेकपा एमाले सांसद ठाकुर गैरेले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनको विषयमा सदनमा जारी दिन माग गरे । ‘यस्तो जघन्य अपराधमा विषयमा आजसम्म सरकारले यो सार्वभौम संसद्‌मा यति छानबिन भएको छ, यति प्रगति भएको छ नेपाल सरकारलाई भन्न के कारणले समस्या भइरहेको छ,’ गैरेले भने ।

‘आज भ्रष्टाचारविरुद्ध देश आन्दोलित छ । अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट भएको छ । यसको अनुसन्धानमा ढिला सुस्ती केही आलटाल किन भइरहेको छ । यसमा निष्पक्ष छानबिनको विषयमा जनतालाई विश्वास छैन ।’   उनले सरकारलाई संसद्‌मा छानबिनसहितको विषयमा जानकारी गराउन रुलिङको मागसमेत गरे ।

बैठकमा बोल्ने अरु सांसदहरूले पनि छानबिनको विषयबारे सार्वजनिक गर्न माग गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १३ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

सम्बन्धित खबर