
काठमाडौं, ।आजदेखि चिकित्सक परामर्श सेवा शुल्क बढेको छ ।नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको हो ।
आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको सङ्घका महासचिव डा सञ्जीव तिवारीले जानकारी दिए ।संघले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो ।

महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क रू ९४० देखि रू ४२० सम्म तोकिएको बताए । नयाँ शुल्क अनुसार पाँच वर्षसम्म अनुभव भएका एमविविएस तथा बीडीएस तहका चिकित्सकको शुल्क रू ४२० र पाँच वर्षभन्दामाथि अनुभव भएकाको रू ५१५ तोकिएको छ ।