LIVE
हिलोमा चिप्लेर हुने सवारी दुर्घटना रोक्न वर्षामै चालकहरुलाई सर्तक गराउँदै धनुषा ट्राफिक प्रहरी | जनकपुरधामसहित धनुषाको ट्राफिक व्यवस्ता चुस्त बनाउन प्रमुख वलीको सक्रियता | मुस्लिमसहित समग्र महिलाको विकास बिना प्रदेश सम्वृद्ध हुदैन ः मन्त्री जयसवाल | मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको उपल्बधी | धनुषा प्रहरी हिरासतबाट भागेका सबै थुनुवा पक्राउ , घटना छानबिनको लागि समिति गठन | जिप्रका धनुषाको हिरासतबाट भागेका ९ मध्ये २ थुनुवा पक्राउ, प्रहरीको सर्च अप्रेशन जारी | जसपा नेपालमा केहि दिनमै पहिरो आउँछ ः सहध्यक्ष रेणु यादव | तिव्र गतिका कारण अधिकांश सवारी दुर्घटना | भारतको सेन्चुरियन युनिभरसिटीमा नेपालीलाई छात्रवृतिसहित विशेष सुविधा | जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ ः मन्त्री मियाँ |

जनकपुरधाम । मधेश प्रदेश सरकार विस्तार वारे विहिवार काठमाण्डौ भएको पाँच दलको वैठक निष्कर्षविहिन भएको छ ।
मधेश प्रदेश सरकार विस्तारको विषयमा विहिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवासमा पाँच दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का शिर्ष नेताहरुको वैठक बिना निष्कर्ष सम्पन्न भएको छ ।
वैठकमा काँग्रेस,लोसपाका शिर्ष नेताहरुले उप चुनाव ताका भएको सहमति अनुसार जसपाले सरकारको नेतृत्व छोडनुपर्ने धारणा राखेका थिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले स्वय्म चुनावको क्रममा मधेश प्रदेश सरकारको नेतृत्व लोसपालाई दिने सहमति भएको र सो अनुसार लोसपालाई सरकारको नेतृत्व दिनुपर्ने धारणा राखेका थिए ।
वैठकमा सहभागि जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने र पहिलो खेपको नेतृत्व जसपाले पाउनु पर्ने धारणा राखेका थिए । तर नेपाली काँग्रेसका मधेश प्रदेशका संसदीय दलका नेता कृष्णा प्रसाद यादवले पाँच दलीय गठबन्धनमा आफुहरु ठुलो पार्टी रहेको हैसियतले प्रदेश सरकारको पहिलो खेपको नेतृत्व काँग्रेसले पाउनु पर्ने दावि गरे । तर लोसपका अध्यक्ष महन्थ ठाकुरले पाँच दलीय गठबन्धनमा कुनैपनि दलसँग सरकार बनाउन सुविधाजन बहुमत नभएको र लोसपाले राष्ट्रपति, उपराष्ट्रपतिको चुनावदेखि बाराको उपचुनाव सम्म सहयोग गर्दै आएकोले सरकारको नेतृत्व लोसपाले पाउनु पर्ने बताए । लोसपालाई सरकारको नेतृत्व दिनुपर्ने भनेर उप चुनाव अघि पाँच दलीय सहमति भएको लोसापका मधेश प्रदेशका संसदीय दलका नेता अभिराम शर्माले बताए ।
माओवादी केन्द्रका मधेश प्रदेशका संसदीय दलका नेता भरत साहले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा दलहरु सहमत भएपनि सरकारको पहिलो खेपको नेतृत्व कसले गर्ने विषयमा दलहरु बीच अझै सहमति हुन नसकेको बताए । उनले विहिवार बसेको सरकार विस्तारको वैठकमा कुरा नमिलेपछि शुक्रवार पुनः बस्ने गरि स्थगित गरिएको बताए ।
वैठकमा जनमत पार्टीका कुनैपनि प्रतिनिधीलाई सहभागि गराइएको थिएन ।

वैठक प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरवहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, संघिय मन्त्री शरतसिह भण्डारी, मुख्यमन्त्री सरोज कुमार यादवसहितको सहभागिता रहेको थियो ।

 

सम्बन्धित खबर