LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वकै सरकारले निरन्तरता पाएको छ ।
शुक्रवार काठमाण्डौमा भएको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा तत्काल वर्तमान सरकारलाई नै निरन्तरता दिने सहमति भएको हो । उप चुनाव पश्चात नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत सहितका दलले प्रदेश सरकारको नेतृत्व परिवर्तनको माग गर्दै आएको थियो । सोही विषयमा दलहरु बीच कुरा नमिलेपछि लामो समयदेखि प्रदेश सरकारको विस्तार हुन सकिरहेको थिएन ।
सरकारको विषयमा सहमति भएपछि अव दलहरु बीच मन्त्रालयको भागबण्डा गर्ने जिम्मेवारी मुख्यमन्त्री सरोज कुमार यादवलाई दिइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निवास वालुटारमा भएको पाँच दलका शिर्ष नेताहरुको वैठकमा तत्काल मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति भएको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका मधेश प्रदेशका संसदीय दलका नेता अभिराम शर्माले जानकारि दिए । वैठकमा दलहरु बीच आलोपालो सरकारको नेतृत्व गर्ने समेत सहमति भएको उनले बताए ।
दलहरु बीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएपनि कुन कुन पार्टीले ? कति कति समय सरकारको नेतृत्व गर्ने ? लगायतका विषयमा अर्को वैठकमा निर्णय हुने नेता शर्माले बताए । बैठकमा जनमत पार्टीका प्रतिनिधी सहभागि नभएपनि जनमतलाई पनि सरकारमै राख्ने दलहरु सहमति भएको नेपाली काँग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्ण प्रसाद यादवले बताए ।

सम्बन्धित खबर