LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । मधेश प्रदेशको समाजिक विकास मन्त्रालयले दलित सशक्तीकरण नियामावली २०७८ संसोधन गर्न ५ सदस्य समिति गठन गरेको छ ।
दलित विकास समितिको शुक्रवार बसेको पहिलो वैठकले समितिका सदस्य भोला पासवानको संयोजकत्वमा ५ सदस्य समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा पूर्व प्रदेश सांसद चमेलीदेवी दास,चन्देश्वर दास,रामो महरा र चन्देश्वर पासवान रहेका छन् । दलित सशक्तीकरण नियामावली २०७८ मा रहेको सदस्यहरुको काम,कतव्र्य अधिकार सहित सेवासुबिधा लगायत अन्य विषयहरु परिमार्जनको लागि उक्त समिति गठन गरिएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुझाव समितिको संयोजक भोला पासवानको अध्यक्षतामा बसेको पहिलो बैठकले दलित सशक्तिकरण ऐन २०७६ र दलित सशक्तीकरण नियामावली २०७८ मा अध्ययन गरि शनिबार पुन ःबैठक बसेर नियामावली परिमार्जनको ड्राफट तयार गर्ने र दलित अगुवा र कानून व्यवसायसँग छलफल गर्ने निर्णय गरेको समितिका सदस्य रामो महराले बताए ।
सुझाव पेश गर्न समितिलाई ५ दिनको समय दिइएको छ । समितिका संयोजक भोला पासवानले नियामावली परिमार्जन गर्न समय सिमा कम भएकोले समाजिक संजालबाट समेत सुझाव दिन आग्रह गरेका छन् । बैठकमा दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठा,सदस्य राजकुमार दास र श्याम सरदारले समितिका संयोजक र सदस्यहरुलाई खादा ,समितिको डायरी र क्यालेण्डरले सहित सम्मान गरेका थिए ।

सम्बन्धित खबर