LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

काठमाडौं । अन्तरराष्ट्रिय व्यापारलाई सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले काठमाडौंको चोभारमा सञ्चालनमा आएको सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनका लागि छलफल शुरू भएको छ । बन्दरगाह २०७८ चैत २२ देखि सञ्चालनमा आएको हो । सुक्खा बन्दरगाहमा हाल दैनिक २–३ ओटा सवारीसाधनले सेवा उपभोग गर्दै आएको नेपाल इन्टरमोडल यातायात विकास समितिले बताएको छ ।

उक्त बन्दरगाहलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल फ्रेट फरवार्डर्स एशोसिएशन, नेपाल ट्रक यातायात व्यवसायी महासंघ लगायतका सरोकारवाला निकायसँग नियमित छलफल तथा अन्तरक्रिया गरिँदै आएको छ । यही सन्दर्भमा आइतवार नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालसँग छलफल सम्पन्न भएको समितिले जानकारी दिएको छ ।

उक्त छलफलमा सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्न निजीक्षेत्रको सहयोग र साथको अपेक्षा समितिले राखेको थियो । उक्त अवसरमा वीरगञ्ज एकीकृत जाँचचौकी र वीरगञ्ज सुक्खा बन्दरगाहमा रहेका १ हजार ९५० ओटा नयाँ जीप र भ्यानलाई सुक्खा बन्दरगाहमा ल्याउने सम्बन्धमा कानूनी व्यवस्था भइसकेको जानकारी समितिले दिएको छ ।

साथै, तेस्रो मुलुकबाट आयातित गाडी वीरगञ्ज नाकाबाट सीधै चोभार सुक्खा बन्दरगाहसम्म गुडाएर ल्याउने व्यवस्थाका लागि नाडाका अध्यक्ष ध्रुव थापाले आग्रह गरेका थिए । समिति र नाडाबीच सम्पन्न उक्त छलफलमा नाडाले सबै व्यवसायीलाई चोभार सुक्खा बन्दरगाहबाट सवारी जाँचपास गराउन आग्रह गर्ने विषयमा समेत सहमति गरिएको छ ।

सम्बन्धित खबर