LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भूमि व्यवस्था तथा कृषि मन्त्रालय जनमत पार्टीबाट खोसेका छन् ।मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर सरकार विस्तार गरेका हुन् । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार र वीरेन्द्रकुमार सिंह स्वास्थ्यमन्त्री भएका छन् । एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्द न्यौपाने भूमि व्यवस्था तथा कृषि भएका छन् ।

यो मन्त्रालयमा जनमत पार्टीका उपाध्यक्ष बसन्त कुशवाह मन्त्री थिए । २९ पुसमा विना विभागीय मन्त्री बनेका कुशवाहले १३ माघमा कृषि मन्त्रालयको जिम्मा पाएका थिए । मुख्यमन्त्री यादवले कुशवाहलाई विना विभागीय मन्त्री बनाएर गोविन्द न्यौपाने भूमि व्यवस्था तथा कृषि मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

सम्बन्धित खबर