LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । नेपाली काँग्रेसको रुपान्तरण अभियान आजदेखि मधेश प्रदेशको राजधानि जनकपुरधामबाट सुरु भएको छ ।
नेपाली काँग्रेस पार्टीमा रहेको विकृति विसंगतिलाई हटाउदै पार्टीलाई समय सापेक्ष र पार्टीलाई विश्वासिलो र भरोसा योग्य बनाउन यो अभियान सुरु गरिएको नेपाली काँग्रेसका नेता गुरु घिमिरेले बताए । परम्परा शैलिमा अव काँग्रेस पार्टी चल्न नसक्ने भएकोले समय सापेक्ष नेतादेखि कार्यकर्ता सम्मको सल्लाह सुझाव संकलन गरि पार्टीलाई नयाँ शैलिमा रुपान्तरण गर्ने उदेश्यले यो अभियान थालिएको उनको भनाई थियो ।
नेपाली काँग्रेसका युवा नेता भुपेन्द्रजन शाहीले काँग्रेस रुपान्तरण अभियान मेचीदेखि महाकालि सम्म चलाईने बताए । काँग्रेस पार्टीका रुपान्तरण अभियानमा पार्टीका हित चिताउने युवा नेताहरु,पार्टीलाई माया गर्ने सबैको भावना बुझेर यो अभिायन संचालन गरिएको उल्लेख गर्दै शाहीले पार्टी अव व्यक्तिवादी, सत्तावादी र स्वार्थवादीको रुपमा अव पार्टी चल्ने सक्ने भएकोले आफुहरुले यो अभियानको जनकपुरधामबाट सुरु गरेको बताए ।
यो अभियान जेष्ठ महिनाभरि ७ वटै प्रदेशका संचालन हुने उनले बताए । जनकपुरधाममा आयोजित रुपान्तरण कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खबर