LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

काठमाडौं । काठमाडौं महानगरपालिका (Kathmandu Metropolitan City)का जनप्रतिनिधिले पद बहाली गरेको एक वर्षका अवसरमा आज ३२ ओटै वडामा सरसफाइ गरिएको छ । वडा नं १ को कमलपोखरी, २ को नारायण गोपाल मार्ग, ३ को लाजिम्पाट, ४ को बालुवाटार तथा ५, ६ र ७ मा  सरसफाइ गरिएको छ ।

त्यसैगरी, वडा नं ८ को पशुपति क्षेत्र, ९ को बत्तीसपुतली, १० को वडा कार्यालय परिसर, वडा नं ११ को माइतीघर मण्डला, १२ को ओन्दे, १३ को ताहाचाल पुल, १४ को कुलेश्वर भलिबल मैदान, १५ को भगवान पाउर १६ को सोह्रखुट्टे चोकमा पनि सरसफइ गरिएको कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।

यस्तै महानगरको वडा नं १७ डल्लु पुल, १८ को कार्यालय परिसर, १९ को दमाईं टोल, २० को भीमसेन स्थान, २१ को जैसीदेवल, २२ को टेबहाल, २३ को यङ्गाल, २४ को हनुमानढोका, २५ को असन डबली, २६ को सञ्चय कोष भवन अगाडि, २७ को असन, २८ को  कमलादी गणेश स्थान, २९ को ढुङ्गेधारा, ३० को वडा भवनअगाडि, ३१ को पुरानो वडा कार्यालय–भीमसेन गोला तथा वडा नं ३२ को कोटेश्वर चोक (प्रहरी वृत्त)मा  सरसफाइ गरिएको छ ।

विशेष सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई अधिकतम सहभागी गराई कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्ने लक्ष्य कामपाको छ । रासस

सम्बन्धित खबर