काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। यो चालू आवको भन्दा २.३७ प्रतिशत कम हो। चालु आवमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँकाे बजेट ल्याइएको थियो।
यस्तै, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको छ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १२ खर्ब ४८ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट रु ४९ अर्ब ९४ करोड व्यहोर्दा रु ४ खर्ब ५२ अर्ब ७५ करोड न्यून हुनेछ। सो न्यून रकम पूर्ति गर्न वैदेशिक ऋणबाट रु २ खर्ब १२ अर्ब ७५ करोड जुटाइने बजेटमा उल्लेख छ।
राजस्व परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद रु २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ।
चालु आवको तुलनामा आगामी बजेटको सारांश
आगामी बजेट : १७ खर्ब ५१ अर्ब ३१ करोड
चालू आवको बजेट : १७ खर्ब ९३ अर्ब
आगामी चालू बजेट : ११ खर्ब ४१ अर्ब
हाल चालू बजेट : ७ खर्ब ५३ अर्ब
आगामी पुँजीगत बजेट : ३ खर्ब २ अर्ब
हाल पुँजीगत बजेट : ३ खर्ब ८० अर्ब
आगामी वित्तीय व्यवस्थातर्फको बजेट : ३ खर्ब ७ अर्ब
हाल वित्तीय व्यवस्थातर्फको बजेट : २ खर्ब ३० अर्ब
आगामी वित्तीय हस्तान्तरणको रकम : ४ खर्ब ८ करोड
हाल वित्तीय हस्तान्तरणको रकम : ४ खर्ब २९ अर्ब
बजेटको स्रोत
आगामी राजस्व : १२ खर्ब ४८ अर्ब
हाल राजस्व : १२ खर्ब ४० अर्ब
आगामी वैदेशिक अनुदान : ४९ अर्ब ९४ करोड
हाल वैदेशिक अनुदान : ५५ अर्ब
आगामी वैदेशिक ऋण : २ खर्ब १२ अर्ब
हाल वैदेशिक ऋण : २ खर्ब ४२ अर्ब
आगामी आन्तरिक ऋण : २ खर्ब ४० अर्ब
हाल आन्तरिक ऋण : २ खर्ब ५६ अर्ब