LIVE
हिलोमा चिप्लेर हुने सवारी दुर्घटना रोक्न वर्षामै चालकहरुलाई सर्तक गराउँदै धनुषा ट्राफिक प्रहरी | जनकपुरधामसहित धनुषाको ट्राफिक व्यवस्ता चुस्त बनाउन प्रमुख वलीको सक्रियता | मुस्लिमसहित समग्र महिलाको विकास बिना प्रदेश सम्वृद्ध हुदैन ः मन्त्री जयसवाल | मुख्यमन्त्री सिंहले सार्वजनिक गरे सय दिनको उपल्बधी | धनुषा प्रहरी हिरासतबाट भागेका सबै थुनुवा पक्राउ , घटना छानबिनको लागि समिति गठन | जिप्रका धनुषाको हिरासतबाट भागेका ९ मध्ये २ थुनुवा पक्राउ, प्रहरीको सर्च अप्रेशन जारी | जसपा नेपालमा केहि दिनमै पहिरो आउँछ ः सहध्यक्ष रेणु यादव | तिव्र गतिका कारण अधिकांश सवारी दुर्घटना | भारतको सेन्चुरियन युनिभरसिटीमा नेपालीलाई छात्रवृतिसहित विशेष सुविधा | जनकपुरधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्छ ः मन्त्री मियाँ |

काठमाण्डौ । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको सम्पूर्ण तयारी पूरा भएको बताएका छन्।

भ्रमण तालिका, एजेन्डा, प्राथमिकता र प्रतिनिधिमण्डलको टुंगो लागेको उनले जानकारी दिए।
मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री साउदले भ्रमणका क्रममा विद्युत व्यापार विस्तारको एजेन्डालाई महत्व दिइने बताए।

विद्युत आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने, नेपालको ट्रान्समिसन लाइन बनाएर विद्युत व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँग पनि विद्युत व्यापारको आधार तयार गर्ने कोसिस गरिने मन्त्री साउदले बताए।

‘भारतीय भूमि प्रयोग गरी बंगलादेशमा ऊर्जा व्यापार गर्ने कुरामा भारतको सहयोग लिने भ्रमणको मुख्य विषय छ,’ उनले भने ।

नेपालमा विद्युत क्षेत्रमा लगानी अभिवृद्ध गर्न विद्युत बिक्री हुने बजार सुनिश्चित गर्नु महत्वपूर्ण रहेको भन्दै उनले थपे, ‘यो कुरालाई दृष्टिगत गरेर भारतसँग ‘लङटर्म पावर डिल’ गर्ने कोशिश गरिरहेका छौँ । जसले नेपालमा अर्बौं लगानी गरेर विद्युत उत्पादन गरिसकेपछि त्यसको उत्पादनको बिक्रीमा लगानीकर्ता आश्वस्त हुन सकुन् ।’

तीन चारवटा ट्रान्समिसन लाइन बनाउने र त्यसपछि विद्युत व्यापार प्रभावकारी रूपमा हुने गरी अगाडि बढ्ने प्रयत्न आफूहरूको रहेको उनको भनाइ थियो ।

सन्धि संशोधनलाई अन्तिम रूप दिइने
नेपाल भूपरिवेष्टित देश भएकाले भारतसँग ट्रान्जिट सन्धि अति महत्वपूर्ण रहेको भन्दै मन्त्री साउदले भ्रमणमा सन्धि संशोधनलाई अन्तिम रूप दिने प्रयत्न गरिने बताए ।

‘खुला सीमाना रहेको भारतसँग व्यापार घाटा छ । त्यसैले हाम्रो कृषि उत्पादनलाई भारतीय बजारसँग पहुँच हुन सकोस् भनेर आग्रह हुनेछ,’ उनले भने ।

ट्रेड सन्धि अध्यावधिक गर्न दुई देशका अधिकारीबीच छलफल भइरहेको भन्दै मन्त्री साउदले निष्कर्षमा पु¥याउन सके व्यापार सरलीकृत हुने बताए । यसका लागि उद्योग वाणिज्य क्षेत्रलाई पनि भ्रमणमा समावेश गरिएको र भारतीय लगानीकर्तासँग सम्भावनाबारे छलफल हुने बताए ।

कनेक्टिभिटीको क्षेत्रमा रक्सौल–वीरगंज–सीमरा नाका ज्यादै व्यस्त रहेको भन्दै त्यसको विकल्पमा नयाँ व्यापारिक नाकाका लागि सम्भाव्य ठाउँहरूको बारेमा भारतसँग छलफल भइरहेको उनले जानकारी दिए ।

‘विशेष गरी महेन्द्रनगर, नेपालगन्ज र भैरहवा र विराटनगरलगायत विभिन्न नाकाबारे कुरा गरिरहेका छौँ । यो भ्रमणबाट सकारात्मक उपलब्धि आउने विश्वास लिएका छौं,’ उनले भने ।

सुदूरपश्चिम प्रदेश र उत्तराखण्ड राज्य जोड्ने महाकाली नदीमा पक्की पुलहरू बनाउने सहमति कार्यान्वयन ठोस पहलकदमी हुने मन्त्री साउदको भनाइ छ ।

भ्रमणका क्रममा नेपालगंज चेकपोस्ट ९आइसिपी० उद्घाटन गर्ने र केही सुख्खा बन्दरगाह शीलान्यास गरेरअगाडि बढाउने तयारी रहेको पनि उनले जानकारी गराए ।

भ्रमणका क्रममा पञ्चेश्वर परियोजना निर्माणदेखि पञ्चेश्वर बहुउद्देश्य आयोजनाको डिपिआरलाई पनि अघि बढाउन प्रस्ताव राख्ने उनले बताए ।

भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा चलायमान बनाउन भारतसँगका केही असमझदारीलाई हटाउनेबारे पनि छलफल हुने र एयर रुट प्राप्त गर्न सकारात्मक वातावरण निर्माण गरिने उनको भनाइ थियो ।

यीबाहेक भारतसँग थाँती रहेका सीमादेखि रहेर अरू मुद्दामा नेपालले आफ्नो दृष्टिकोण राख्ने मन्त्री साउदले जानकारी दिए । दुई देशका विभिन्न तहका कमिटी र ‘वर्किङ ग्रुप’ले विविध सम्बन्धमा काम गरिरहेको भन्दै तत्काल गर्न सकिने र दीर्घकालीन काम छुट्याएर अघि बढ्ने समझदारी बनेको पनि उनले सुनाए ।

‘यसका लागि हामीले सरकारको तर्फबाट पर्याप्त तयारी गरेका छौँ । यो तयारीबाट प्रधानमन्त्रीले सरकारको दरिलो प्रतिनिधित्व गर्नुहुनेछ,’ उनले भने ।

नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको भन्दै मन्त्री साउदले आम निर्वाचनपछि प्रधानमन्त्रीको हुन लागेको उच्चस्तरीय भ्रमणले थप सुदृढ र घनिष्ठ हुने विश्वास व्यक्त गरे ।

मन्त्री साउदले भ्रमण टोली मंगलबार नयाँदिल्ली प्रस्थान गर्ने, साँझ भारतीय राजदूूतावासमा स्वागत समारोह हुने बताए । उनकाअनुसार बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुनेछ ।

राष्ट्रपति र उपराष्ट्रपतिसँग पनि भेट हुनेछ । त्यसपछि मध्य प्रदेशको इन्दोर र उजेन जाने कार्यक्रम छ । त्यहाँबाट दिल्ली हुँदै स्वदेश फर्किने कार्यक्रम छ ।

सम्बन्धित खबर