LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । अत्यधिक गर्मि बढँेसँगै मधेश प्रदेशका पालिकाहरुले धमाधम विद्यालय बन्द गर्न थालेका छन् ।
अत्यधिक गर्मी बढेपछि बालबालिकामा स्वास्थ्य समस्या देखिने तथा पठन पाठन प्रभावित हुने जस्ता समस्या देखिएपछि पालिकाहरुले विद्यालय बन्दको निर्णय गर्न थालेको छ । जनकपुरधाम उपमहनगरपालिकाले पनि भोलि शुक्रवार १९ देखि २६ गते सम्मको लागि विद्यालय बन्दको निर्णय गरेको छ । अत्यधिक गर्मीको कारण पठन पाठन प्रभावित भएको भन्दै वर्षे विदामा कट्टा हुने गरि ८ दिनको लागि सामुदायिक तथा संस्थागत विदा दिएको जनकपुरधाम उपमहनगरपालिकाले जारि गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।


त्यसैगरि, सप्तरीको राजविराज नगरपालिकाकाले जेठ १९ गतेदेखि २३ गतेसम्मको लागि ५ दिन सामुदायिक तथा सस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । भोलीदेखि जेठ २३ गतेसम्म वालविकास देखि कक्षा १२ सम्मका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द रहने राजविराज नगरपालिकाकी कार्यबाहक नगर प्रमुख इसरत परविनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
त्यसैगरि, सिरहाको लहान नगरपालिकाले पनि भोलि देखि २६ गते सम्मको लागि पालिका भित्र रहेका बाल कक्षादेखि १२ कक्षा सम्म सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
अहिलेको विदा वर्षे विदामा कट्टा गर्ने गरि विदा दिएको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा प्रकासित सुचनामा उल्लेख छ । पछिल्लो केहि दिन मधेशका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । जनकपुरसहित यस क्षेत्रको दैनिक तापक्रम विहान २८र दिउँसो ४२ डिग्री सेल्सियस सम्म पुग्ने गरेको छ ।

 

सम्बन्धित खबर