LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । अत्यधिक गर्मि बढँेसँगै मधेश प्रदेशका पालिकाहरुले धमाधम विद्यालय बन्द गर्न थालेका छन् ।
अत्यधिक गर्मी बढेपछि बालबालिकामा स्वास्थ्य समस्या देखिने तथा पठन पाठन प्रभावित हुने जस्ता समस्या देखिएपछि पालिकाहरुले विद्यालय बन्दको निर्णय गर्न थालेको छ । जनकपुरधाम उपमहनगरपालिकाले पनि भोलि शुक्रवार १९ देखि २६ गते सम्मको लागि विद्यालय बन्दको निर्णय गरेको छ । अत्यधिक गर्मीको कारण पठन पाठन प्रभावित भएको भन्दै वर्षे विदामा कट्टा हुने गरि ८ दिनको लागि सामुदायिक तथा संस्थागत विदा दिएको जनकपुरधाम उपमहनगरपालिकाले जारि गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।


त्यसैगरि, सप्तरीको राजविराज नगरपालिकाकाले जेठ १९ गतेदेखि २३ गतेसम्मको लागि ५ दिन सामुदायिक तथा सस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । भोलीदेखि जेठ २३ गतेसम्म वालविकास देखि कक्षा १२ सम्मका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द रहने राजविराज नगरपालिकाकी कार्यबाहक नगर प्रमुख इसरत परविनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
त्यसैगरि, सिरहाको लहान नगरपालिकाले पनि भोलि देखि २६ गते सम्मको लागि पालिका भित्र रहेका बाल कक्षादेखि १२ कक्षा सम्म सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।
अहिलेको विदा वर्षे विदामा कट्टा गर्ने गरि विदा दिएको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा प्रकासित सुचनामा उल्लेख छ । पछिल्लो केहि दिन मधेशका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । जनकपुरसहित यस क्षेत्रको दैनिक तापक्रम विहान २८र दिउँसो ४२ डिग्री सेल्सियस सम्म पुग्ने गरेको छ ।

 

सम्बन्धित खबर