LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं । बुधवारयता हरेक दिन कीर्तिमान कायम गरिरहेको सुनको भाउले शुक्रवार (आज) पनि नयाँ उचाइ छोएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेर १ लाख १३ हजार ३०० रुपैयाँ कायम भएको छ । यो अहिलेसम्मकै सर्वाधिक हो ।

यसअघि गत बिहीवार सुनको भाउ अहिलेसम्मकै सर्वाधिक कायम भएको थियो । उक्त दिन सुन तोलाको १ लाख १२ हजार ५०० रुपैयाँ तोकिएको थियो । त्यसको अघिल्लो दिन बुधवार पनि सुनको भाउले कीर्तिमान कायम गरेको थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दिन सुनको भाउ १ लाख १२ हजार कायम भएको थियो ।

त्यसअघि गत वैशाख २१ गते सुनको भाउ सर्वाधिक कायम भएको थियो । उक्त दिन सुन ताेलाकाे १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउले कीर्तिमान कायम गर्दा चाँदीको मूल्य पनि बढेको छ । बिहीवारको तुलनामा चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर १ हजार ४३५ कायम भएको छ । गत बिहीवार चाँदीको मूल्य तोलाको १ हजार ४१० रुपैयाँ तोकिएको थियो ।

सम्बन्धित खबर