LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

काठमाडौं । बुधवारयता हरेक दिन कीर्तिमान कायम गरिरहेको सुनको भाउले शुक्रवार (आज) पनि नयाँ उचाइ छोएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँ बढेर १ लाख १३ हजार ३०० रुपैयाँ कायम भएको छ । यो अहिलेसम्मकै सर्वाधिक हो ।

यसअघि गत बिहीवार सुनको भाउ अहिलेसम्मकै सर्वाधिक कायम भएको थियो । उक्त दिन सुन तोलाको १ लाख १२ हजार ५०० रुपैयाँ तोकिएको थियो । त्यसको अघिल्लो दिन बुधवार पनि सुनको भाउले कीर्तिमान कायम गरेको थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दिन सुनको भाउ १ लाख १२ हजार कायम भएको थियो ।

त्यसअघि गत वैशाख २१ गते सुनको भाउ सर्वाधिक कायम भएको थियो । उक्त दिन सुन ताेलाकाे १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउले कीर्तिमान कायम गर्दा चाँदीको मूल्य पनि बढेको छ । बिहीवारको तुलनामा चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर १ हजार ४३५ कायम भएको छ । गत बिहीवार चाँदीको मूल्य तोलाको १ हजार ४१० रुपैयाँ तोकिएको थियो ।

सम्बन्धित खबर