LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम ।मिटरब्याजीविरुद्ध देशैभरीबाट २१ हजार भन्दा बढी उजुरी परेको छ ।सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत मिटरब्याजबाट पीडितहरूले २७ दिनमा सुदखोर साहुहरुविरुद्ध आयोगमा २१ हजार ५ सय ४८ उजुरी दर्ता गराएका छन् ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाएर स्थानीय साहुबाट लिएको ऋण बापत घरजग्गा हड्पनेदेखि लिएर मानसिक रूपमा यातना दिन थालेपछि अनुसन्धान र कारबाहीको लागि सरकारले आयोग गठन गरेको थियो ।समस्या समाधान गर्न जाँचबुझ आयोगमार्फत उजुरी माग गर्दा बैशाख १७ गतेदेखि जेठ १४ गतेसम्म मिटरब्याज साहुविरुद्ध ठुलो सङ्ख्यामा उजुरी परेको हो ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार मधेश प्रदेशको आठ जिल्लाबाट सबैभन्दा बढी उजुरी परेको हो ।उनका अनुसार मधेश प्रदेशको आठ जिल्लाबाट १७ हजार ८ सय ५६ उजुरी परेको हो ।त्यस्तै कोशी प्रदेशमा ३७७, बागमती प्रदेशमा ६९, गण्डकी प्रदेशमा शून्य, लुम्बिनी ३ हजार १२, कर्णालीमा ४५, सुदुरपश्चिममा १ सय ५७ उजुरी दर्ता भएको आयोगका अध्यक्ष कार्कीले जानकारी दिए ।पीडितहरूलाई प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमार्फत अथवा अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाएको थियो ।

सम्बन्धित खबर