LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । मधेश प्रदेश सभाबाट केहि विद्येयक शब्द संसोधन गर्न बनेको विद्येयक सर्वसहति पास भएको छ ।
मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रवार बसेको प्रदेश सभाको वैठकमा प्रस्तुत गरेको उक्त विद्येयक सर्वसहमतिले पास भएको प्रदेश सभामुख रामचन्द्र मण्डलले घोषणा गरे । प्रदेशको नामाकरण हुनु अघि पारित भएका विद्येयकहरुमा प्रदेश नम्बर २ लेखिएकोमा त्यसलाई संसोधन गर्न अव मधेश प्रदेश लेखिने तथा विगतमा रहेका मन्त्रालयहरु नाम परिवर्तन भएपछि मन्त्रालयहरुको नयाँ नामाकरण गर्न संसोधन विद्येयक ल्यानु परेको मुख्यमन्त्री यादवले बताए ।
यसैबीच, शुक्रवार नै बसेको प्रदेश सभाको वैठकमा अर्थ मन्त्री संजय कुमार यादवले अगामी आर्थिक वर्षको वजेटको प्राथमिकता तथा सिद्धान्त वारे प्रदेश सासदहरुलाई जानकारि गराएका छन् । अर्थ मन्त्री यादवले मुलुकसहित विश्वव्यापी रुपमा भएको आर्थिक संकटलाई चिर्न दिगो फराकिलो एवम सावेशी आर्थिक सम्वृद्धि हासिल गर्ने बजेट ल्याउने तयारी भईरहेको बताए । सेवा प्रवाहमा सुधार र श्रोतसाधानको अत्यधिक परिचालनलाई प्राथमिकता राखेर प्रदेशलाई चौतर्फि विकास तर्फ अगाडी बढाउने मन्त्री यादवको भनाई थियो ।
चालु आर्थिक वर्षमा विश्व आर्थिक मन्दीका कारण राजस्व संकुचित भई सधारण खर्चमा वृद्धि र पुजिगत बजेट न्युन खर्चले आर्थिक चलायमान हुन नसक्दा बेरोजगार समस्या बढेकोले अव उत्पादानमुखि र रोजगारका अवसर सृर्जना गर्ने बजेट ल्याउने तयारीमा भईरहेको मन्त्री यादवले बताए ।
बजेटमा कृषि, उद्योग,पर्यटन,भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य सहितका क्षेत्रलाई प्राथमिकतामा राख्ने मन्त्री यादवले बताए ।

 

 

सम्बन्धित खबर