LIVE
जनकपुरधाममा होटल पौवाको उद्घाटन, पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा | जनकपुरधाममा पोखरीमा डुबेर एक जनाको मृत्यु | ब्रसमा बोल्यो बालिकाको आवाज ः हिंसादेखि जलवायु संकटसम्मका मुद्दा क्यानभासमा | जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे पक्राउ | भ्रष्टाचार मुद्दामा निलम्बित प्रदेश सांसद सरोज सिंह कुश्वाहालाई ४ वर्ष कैद र ३८ लाख जरिवना | मिटरब्याज पीडितहरुले गरे जिल्ला अदालत धनुषा अगाडी प्रदर्शन | होटल पौवाको १९औँ शाखा जनकपुरधाममा | आरसीबीको ऐतिहासिक दोहोरो सफलता, गुजरातलाई हराउँदै लगातार दोस्रो पटक आईपीएल च्याम्पियन | नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्तिबारे के भन्छ परराष्ट्र मन्त्रालय ? | मधेश सरकारको नीति तथा कार्यक्रममा कृषि, रोजगारी र सुशासनमा जोड |

जनकपुरधाम । ग्रामिण तथा अति दुर्गम गाउँमा मानिसहरु विरामी हुदाँ आर्थिक अभावको कारण उपचारबाट वञ्चित हुदै आईरहेको वेला जनकपुरधामका सबनम मेडिकल एण्ड पोलिक्लिनिक प्रा.लिले अति विपन्न गरिव तथा असहायलाई घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरि स्वास्थ्य सेवा प्रदान गर्ने गरेका छन् ।

महोत्तरिको मठिहानि २ स्थित एक संस्थागत विद्यालयको प्राङ्गमा सबनम मेडिकल एण्ड पोलिक्लिनि प्रा.लि जनकपुरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा झण्डै ४ सय विरामीले सेवा लिएका छन् । ग्रामिण क्षेत्रमा लुकेर बसेका गम्भिर रोगका रोगि तथा दिर्घ रोगिहरुले निःशुल्क सेवा पाउनुका साथै विभिन्न रोगका औषधीहरु निःशुल्क पाएका छन् । सो शिविरबाट करिव ४ सय ४५ जना शनिवार स्वास्थ्य परीक्षण गराई लभान्वित भएका छन्् । प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत विशेष फिजिसिएन डा.मोहम्मद अली अकबर राईनको नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकमीहरु टोलीले सेवा प्रदान गरेका थिए ।


गाउँगाउँमा लुकेर बसेका रोगिहरुको निःशुल्क उपचार गर्न घरदैलो शिविर निरन्तता दिने सबनम मेडिकल एण्ड पोलिक्लिनि प्रा.लि जनकपुरका संचालक तमन्ने राईनले जानकारि दिए । शिविरमा मधुमेह, दम्मा, थाईराड, लिभर, ग्यासट्रि, टिभि सहितका विरामीहरुले स्वास्थ्य लाभ लिएको उनले बताए । उनीहरुलाई विभिन्न स्वास्थ्य जाँच गरि औषधीहरु समेत निःशुल्क दिएको उनले बताए ।
आफ्ना गाँउठाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकोमा खुसि व्यक्त गर्दै जसपाका नेता मोजिम राईनले चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई दोसला ओढाएर सम्मान समेत गरेका थिए ।
प्रत्येक दुई या तीन शनिवार आफुहरुले गरिव विपन्न तथा सर्वसधारणलाई निःशुल्क स्वास्थ्य सेवा दिदै आएको बताउदै डा.मोहम्मद अली अकबर राईनले भने,‘ आर्थिक अभाव तथा जन चेतनाको अभावले विभिन्न रोगबाट ग्रसित भएपनि लामो समय उपचार गराउन नसकिरहेकाहरुलाई सेवा दिने उदेश्यले यो शिविर संचालन गरेका छौ । शिविरमा रोगको पहिचान भएपछि थप उपचार गराउन उनीहरुलाई मद्दत पुग्ने छ ।’आफुहरुले यस्ता दर्जनौ निःशुल्क स्वास्थ्य शिविर संचालन गरिसकेको बताए ।


स्थानीय युवा नेता तथा राष्ट्रिय मुस्लिम परिषदका अध्यक्ष मुशाहिद हुसेनले यस्ता शिविरले गरिव विपन्नहरुको लागि बरदान सावित हुने भएको बताए ।
सबनम मेडिकल एण्ड पोलिक्लिनि प्रा.लि जनकपुरका संचालक मोहम्मद तमना राईनले शिविरमा विरामीहरुको निःशुल्क रगत पिसावको जाँचदेखि एक्सरे समेतको जाँच गरि निःशुल्क औषधी समेत वित्तरण गर्दै आएको बताए ।

सम्बन्धित खबर