LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । जथाभावि एन्टिबायोटिक औषधिको प्रयोगले विरामीहरुमा नकरात्मक असर परिरहेको स्वास्थ्य सम्बन्धी विज्ञहरुले बताएका छन् ।
युएसएआईडीको सहयोगमा संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार जनकपुरधाममा आयोजना गरेको एक कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.प्रमोद यादवले चिकित्सकहरुलाई यस्तो सुझाव दिएका हुन् । एन्टिबायोटिक औषधी प्रयोगमा नेपाल बदनाम रहेको र त्यसमा पनि मधेश प्रदेशका चिकित्सकहरुले जथाभावि एन्टिबायोटिक औषधीको प्रयोग गर्ने पाईएको उनले बताए ।
मानव स्वास्थ्यमा प्रतिकूल असर पुगेको भन्दै सामान्य रोग लाग्दैमा एन्टिबायोटिक औषधि प्रयोग नगर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । एन्टिबायोटिक औषधी प्रयोग वारे नेपाल सरकारले स्पष्ट गाईडलाईन दिएको भएपनि अनुगमन र निरीक्षणको अभावमा चिकित्सकहरुले आफुखुसी जथाभावि विरामीहरुलाई एन्टिबायोटिक औषधी सेवन गर्न दिने गरेको उनको भनाई थियो ।
जथाभावि एन्टिबायोटिक औषधी सेवनले मानिसको रोग प्रतिरोधक क्षमतामा कमि आउने गरेको र त्यसले स्वास्थ्यमा प्रतिकुल असरहरु पर्ने गरेको बालरोग विशेषज्ञ समेत रहेको डा.यादवले बताए ।
कार्यक्रममा सङ्क्रमण रोग विशेषज्ञ डा.सन्तोष दुलालले ७५ प्रतिशत सरुवा रोगहरू जनावरबाट मानिसमा सर्ने गरेको बताए । विश्वभरमा ५० प्रतिशत एन्टिबायोटिक औषधि अनावश्यक रूपमा प्रयोग भइरहेको भन्दै यसले आउने दिनमा ठुलै समस्या निम्त्याउन सक्ने उनले चिन्ता व्यक्त गरे ।
कार्यक्रममा डा.विवेक श्रेष्ठले एन्टिबायोटिक गर्ने विरामीले डोज अनुसार औषधी प्रयोग नगर्दा विरामीहरुमा रेसिष्ट भई थप अन्य रोग लाग्दा लामो समय निको नहुने जस्ता समस्या देखिने गरेको बताए । लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाउने युएसएडका प्रतिनिधि तथा पत्रकार अर्जुन अधिकारीले जभावावि एन्टिबायोटिक औषधी सेवन गर्दा मानिसमा दिर्घकालिन असर पर्ने र पछि विरामी हुदाँ समान्य एन्टिबायोटिक औषधी ठिक नभई महँगोमा पाईने एन्टिबायोटिक औषधीले मात्रै काम गर्ने गरेको घटनाहरु धेरै रहेको बताए । खोजी पत्रकारिताको क्रममा आफुहरुले दर्जनौ विरामीहरुसँग भेटेको उल्लेख गर्दै अधिकारीले भने,‘विगतमा जथाभावि एन्टिबायोटिक औषधी सेवन गर्ने एक जना विरामीलाई अहिले ४० प्रकारमा एन्टिबायोटिक औषधीले काम गरिरहेका छैन । जथावाभि एन्टिबायोटिक औषधीको सेवनले उनको शरिर रेसिष्ट भईसकेको छ । समान्य औषधीले काम गरिरहेको छैन । यस्तोमा सबैको पहुँचमा नहुने महँगो औषधी सेवन गर्नुपर्ने वाध्यता छ । जुन गरिव विपन्न जनताले खरिद गरेर सेवन गर्न सकिदैनन् ।’ जथाभावि एन्टिबायोटिक औषधी सेवन नगर्ने विषयमा सर्वसधारणलाई जनचेतना जगाउन संचारकर्मीहरुको भुमिका महत्वपुर्ण रहेको उनले बताए ।

 

सम्बन्धित खबर