LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती प्रा.डा.रामकेवल साहको आज अन्तिम दाहसंस्कार गरिएको छ ।
जनकपुरधाम स्थित स्वर्गद्धारीमा डा.साहको पार्थिक शरिरको दाहसंस्कार गरिएको हो । उनका जेठा छोरा धिरज साहले उनलाई दागबत्ति दिएका हुन् । डा. साहको विहिवार भारतको दिल्ली स्थित एनसिआरमा पर्ने नारायण अस्पतालमा निधन भएको थियो । लिभरमा क्यान्सर भएकोले दुई महिनादेखि उनी भारतको दिल्लीमै उपचारर्थ थिए ।


शुक्रवार विहान डा.साहको पार्थिक शरिर जनकपुरधाम ल्याएको छ । डा.साहको पार्थिक शरिरिमा प्रतिष्ठानको झण्डा ओढाएर सम्मान गरिएको छ । डा. साहको पार्थिक शरिरमा माला अर्पण तथा श्रद्धाञ्जली दिन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव, अर्थ मन्त्री संजय यादव, प्रदेशका मन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंह, मन्त्री सुरिता साह, माओवादी नेता मातृका प्रसाद यादव,जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज कुमार साह, पुर्व मेयर लालकिशोर साहसहित श्रद्र्धाञ्जली अर्पण गर्दै मधेशले एक सच्चा सपुत्र र स्वास्थ्य तथा राजनीतिक चिन्तनका थिकट्याक गुमाएकोमा दुःख व्यक्त गरेका छन् ।


६९ वर्षिय डाक्टर साह करिव दुई दशक देखि मधेशको मुद्दा र मधेश आन्दोलनको पक्षमा थिंक टयांकका रुपमा काम गर्दै आएका थिए । तीन वर्ष अघि मधेश सरकारले उनलाई मधेशको स्वास्थ्य क्षेत्रको विकासका लागि मधेश सरकारको स्वास्थ्य सल्लाहकार हुदै प्रतिष्ठानको उपकुलपतीमा नियुक्त गरेका थिए । कोरोनामा कालमा उनी मधेश सरकारलाई निकै सघाएका थिए ।
ध्नुषाको सबैला नगरपालिका स्थायी घर भएका साह हाडजोर्णिका विशेषज्ञ चिकित्सक थिए । यता, साहको निधनको शोकमा प्रतिष्ठानले एक स्पताह झण्डा झुकाउने निर्णय गरेको प्रतिष्ठानका रजिस्टार बिनोद यादवले बताए । डा. साहको निधनले मधेशलाई मात्र नभई नेपाल नै ठुलो क्षति भएको उनले बताए ।

सम्बन्धित खबर