LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । आईएफके फुल कन्टेक्ट राष्ट्रिय कराते चम्पियनशिप क्युकोशिन कान कराते प्रतियोगितामा धनुषाले तीन वटा मेडल ल्याउन सफल भएको छ ।

केहि दिन अघि काठमाण्डौमा सम्पन्न उक्त प्रतियोगितामा तीन जना कराते खेलाडी मेडल ल्याएर धनुषा जिल्लाको मान बढाएको छ । प्रतियोगितामा जनकपुरधाम उपमहानगरपालिकाका – ५ का खेलाडी इरफान शेषले ५० किलो तौल समुहमा खेलमा प्रथम स्थान हासिल गरेको छ ।
त्यसैगरि, ५० किलो तौल समुहको खेलमा जनकपुरधामकै खेलाडी मोहम्मद अफताव खान दोस्रो र ५५ किलो तौल समुहको खेलमा जनकपुरधामकै खेलाडी साविर हुसेनले तेस्रो स्थान प्राप्त गरि मेडल जीतेको नेपाल क्युकोशिन कान करातेका वरिष्ठि प्रशिक्षक मोहम्मद असगर खाँले बताए । राष्ट्रिय स्तरको प्रतियोगितामा आफ्ना खेलाडीहरुले मेडल ल्याएर जनकपुरधामको मान बढाएको वरिष्ठ प्रशिक्षक खाँले बताए ।

सम्बन्धित खबर