LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

 

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई राजिना दिन मुख्यमन्त्रीको निवासमा पुगेकी उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव गेटबाटै नै फर्कि छिन् । पार्टीको संसदीय दलको निर्णय अनुसार सोमवार साढे ५ बजे राजिना पत्र बुझाउन मुख्यमन्त्री यादवको निवसामा पुगे मन्त्री यादव रितै हात फर्केकी हुन् । गत जेष्ठ ९ गते नै नेकपा माओवादी केन्द्रका प्रदेशका संसदीय दलले सरकार छोडने निर्णय गरेको थियो ।
दलले निर्णय गरेपनि मन्त्रीहरुले राजिना पत्र बुझेका थिएन । सोमवार नै संसदीय दलका नेता भरत प्रसाद साहले राजिना पत्र बुझाउन निर्देशन दिएपछि मन्त्री यादवले राजिना पत्र लिएर मुख्यमन्त्री निवास पुगेकी थिईन । तर मुख्यमन्त्री यादव गृह जिल्ला बारामा रहेको र आज आउने नसक्ने भनेपछि उनी निवास फर्केकी थिईन ।
दलका नेता साहले पनि मुख्यमन्त्री यादव जनकपुर वाहिर रहेकोले भोलि विहान आफ्ना मन्त्रीले राजिनामा पत्र बुझाउने बताए । प्रदेश सरकारमा माओवादी केन्द्रबााट उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादव र राज्य मन्त्रीमा रहबर अन्सारी रहेका छन् । सहमति अनुसार मुख्यमन्त्रीले थप एक मन्त्रालय नदिएपछि माओवादी केन्द्र सरकार छोडन लागेको हो ।

सम्बन्धित खबर