LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले दोस्रो पटक पटक प्रदेश सभामा उपस्थित सासदहरुको सतप्रतिशत विश्वासको मत पाएका छन् ।
मंगलवार बेलुका बसेको प्रदेश सभाको वैठकमा मुख्यमन्त्री यादवलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सभामा उपस्थित सबै दल र स्वतन्त्र सासदहरुले दोस्रो पटक विश्वासको मत दिएको छ । मंगलवार प्रदेश सभामा उपस्थित एक सय ३ जना सासदले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएको प्रदेश सभामुख रामचन्द्र मण्डलले घोषणा गरेका थिए ।
गत १ जेठमा नेकपा एमाले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले दोस्रो पटक विश्वासका मत लिएका हुन् । सत्ता साझेदार दल वा समर्थन गरेको कुनैपनि दलले समर्थन फिर्ता लिएको खण्डमा ३० दिनभित्रमा सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
गत २९ पुसमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोज कुमार यादवलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत र दुई स्वतन्त्र सासदको समर्थनसहित प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । तर केन्द्रमा सत्तारुढ गठबन्धन फेरिएपछि मुख्यमन्त्री यादवले नेकपा एमालेका मन्त्रीहरुलाई सरकारबाट हटाएका थिए । पछि गत १ जेठमा नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
यस अघि ४ फागुनमा प्रदेश सभाबाट पनि मुख्यमन्त्री यादवले शतप्रतिशत विश्वासको मत पाएका थिए । प्रदेशसभामा १०७ जना सांसद रहेकोमा बहुमतको लागि ५४ जना सांसदको आवश्यकता रहेको छ ।
विश्वासको मत लिने क्रममा सभामा उठेका प्र्रश्नको जवाफ दिदै मुख्यमन्त्री यादवले सरकारले सबका साथ सबका विश्वासको साथ अगाडी बढ्ने प्रतिवद्धता जनाए । उनले प्रदेशलाई भ्रष्टाचार न्युनिकरण गर्न षडयन्त्र गठन गरि चाडै कार्यान्वयमा ल्याउने बताए ।
मुख्यमन्त्री यादवले अगामी आर्थिक वर्षको लागि जनमुखि बजेट ल्याउने र त्यसमा सत्तापक्ष र विपक्षको बीच भेदभाव नगरि प्रदेश सरकारले अगामी कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरे । मुख्यमन्त्री यादवले सबका साथ सबका विश्वासको नारालाई आत्मसाथ गरि प्रदेश सरकार अगाडी बढ्ने बताए ।
त्यसैगरि, नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवले संघियतालाई बलियो र संस्थागत बनाउन मुख्यमन्त्री दोस्रो पटक विश्वासको मत दिएको बताए । सभामा सम्बोधन गर्दै नेता यादवले भने,‘ हामी सत्तामा जानको लागि नभएर संघियता जन्नी मधेश प्रदेशलाई बलियो बनाउन तथा यहाँका दलित मुस्लिम,उत्पीडनमा परेका वर्गको उत्थानको लागि सरकारले सार्थक योजनाहरु ल्याउओस् भन्ने सर्शतले विश्वासको मत दिएका हौ ।’
मुख्यमन्त्री यादवको आग्रहा र जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको टोलिफोन सम्वादको पश्चात आफ्नो पार्टीले सरकारलाई गुण र दोषको अधारमा समर्थन गर्ने गरि विश्वासको मत दिएको नेता यादवले बताए ।
त्यसैगरि, सभामा सम्बोधन गर्दै पुर्व मुख्यमन्त्री तथा जसपाका सासद लालबाबु राउतले संघियतालाई समाप्त गर्न विभिन्न षडयन्त्र भईरहेको वेला मधेश प्रदेश सभामा रहेका सम्पुर्ण दलले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर संघियतालाई संस्थागत गर्न र बलियो बनाउने विषयमा एकमत रहेको सन्देश दिएको बताए । मधेशकै भुमिबाटै मुलुकमा संघियता आएकोले बताउदै पुर्व मुख्यमन्त्री राउतले भने,‘ यो दोस्रो पटक ऐतिहासिक विश्वासको मत पाउनु भनेको संघियता विरोधीहरुलाई एक प्रकारले सन्देश दिनु हो । र यो अहिलेको आवश्यकता पनि हो ।’

 

सम्बन्धित खबर