LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । मधेश प्रदेशलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।
भारतबाट आयात हुने तरकारीलाई रोक लगाएर गाउँगाउँमा उत्पादन हुने तरकारीको प्रयोगलाई प्राथमिकता दिनुपर्ने उदेश्यले आज बुधवार धनुषा बनिनियास्थित हर्दिनाथ धान कार्यक्रमको कार्यालयमा एक कार्यक्रम आयोजना गरिएको छ । नेपाल बागवानि प्राविधिक केन्द्रले आयोजना गरेको तरकारी बजारको अवस्था वारे अध्ययन गर्न आयोजित सो कार्यक्रमको सहयोगि संस्था काशा नेपाल रहेको थियो । कृषि तथा सहकारी मन्त्रालय मधेश प्रदेशको समन्वय र सहकार्यमा आयोजित सो कार्यक्रममा वक्ताहरुले भारतबाट आउने तरकारीलाई निरुत्साहित गरि स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए ।
नेपाली किसानहरुलाई कृषिमा आकर्षित गर्न उदेश्यले संघिय सरकारले आर्थिक वर्ष २०८०÷२०८१ बजेट मार्फत भारतबाट आउने तरकारी तथा फलफुलमा १३ प्रतिशत कर लगाएको विज्ञहरुको भनाई थियो ।
कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुख र प्राविधिकहरुको सहभागिता रहेको थियो । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नव्रता सिंहको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम हर्दिनाथका प्रमुख डा. रामवरण यादव, प्रह्लाद थापा, काशा नेपालका प्रतिनिधी मनिष विक्रम शाह, कृषि मन्त्रालयका रोशन मेहता लगायतका वक्ताहरुले मधेश प्रदेशमा तरकारी उत्पादनको अवस्था साना किसानले उत्पदान गरेका तरकारीलाई बजारिकरण कसरी गर्ने वारेमा चर्चा भएको थियो । स्वीस सरकारको आर्थिक सहयोगमा काशा नेपाल भन्ने गैर सरकारी संस्थाले मधेश प्रदेशमा उक्त कार्यक्रम संचालन गर्दै आएको छ ।

सम्बन्धित खबर