
जनकपुरधाम । समृद्धिका लागि वन परियोजना कार्यक्रम अन्तर्गत धनुषाका लक्ष्मीनिया गाउँपालिकामा न्यायिक समितिलाई गुनासो निवारण संयन्त्रमा क्षमता विकास वातावरणीय तथा सामाजिक सुरक्षा सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
स्थानीय पुष्पवाटिका एजुशेशनल एकेडमीमा लक्ष्मीनिया गाउँपालिकाको वन तथा वातावरण शाखले आयोजना गरेको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले वन जंगलको संरक्षणमा जोड दिदै वनले पनि आर्थिक सम्वृद्धिमा टेवा पुग्ने बताए । कार्यक्रममा प्रमुख अतिथि समेत अध्यक्ष मिश्रले खेता योग्य नरहेको जग्गामा वृक्षारोपण गरि आर्थिक आम्दनी लिन सक्ने बताए ।
कार्यक्रममा सहभागि रहेका मधेश प्रदेश वन निर्देशनालयका उपसचिव सुजित झाले वनको माध्यले जनताको जीवन स्तर उकास्न नेपालका तीनै तहका सरकारले सम्वृद्धिका लागि वन परियोजना संचालनमा रहेको छ । नेपाल सरकार र विश्व बैंकको बीचको सम्झौता अनुसार यो कार्यक्रममा संस्थागत विकास, संस्थागत सुशसान सहित विभिन्न ४ क्षेत्रमा काम हुने उनले बताए ।
लक्ष्मीनिया गाउँपालिका उपाध्यक्ष फुलकुमारी यादवको अध्यक्षतामा भएको कार्यक्रममा सो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र प्रसाद यादव सहित गाउँपालिकाका ७ वटै वडामा कार्यपालिका सदस्यहरु तथा स्थानीय किसानहरुको सहभागिता रहेको थियो ।