
भारतसहितका देशबाट विहेर गरे आएकी बुहारी सात बर्षपघि नेपाली नागरिकता
जनकुरधाम । भारतसहितादेशमा विहे गर्न अएका.नेकपा एमालेका मधेश प्रदेश इन्चार्ज तथा पुर्वमन्त्री योगेश भट्टराईले भारतसहितका देशबाट विहेर गरेर आएकी बुहारीलाई सात वर्षपछि नेपाली अगंकृत नागरिकता दिनुपर्ने बताएका छन् ।
मधेश प्रदेशको इन्चार्जको जिम्मेवारी पाएपछि पहिलो पटक जनकपुरधाममा पत्रकार सम्मेलन गरि इन्र्चाज भट्टराईले भारतसहित कुनै विदेशी देशमा विहे गरेर आएकी बुहारिलाई तत्कालै नेपाली नागरिकता दिने प्रवधानको विरोधमा एमाले रहेको बताए । उनले यस्ता बुहारीलाई सात वर्षपछि मात्रै नेपाली नागरिकता दिनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।
जन्मसिद्ध नागरिकता पाएकाहरुको छोराी छोरीले नेपाली नागरिकता पाउनुपर्नेमा एमालेको कुनै विरोध नरहेको भन्दै राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता ऐन असंवैधानिक प्रक्रियाबाटकोले सरकारले त्यसलाई सच्चयाउनुपर्ने बताए । अर्को प्रशंगमा, उनले एमालेले मधेश प्रदेको सरकार स्थिर रहोस् भने उदेश्यले आफ्नो पार्टीले समर्थन गरेको दावि गरे ।
एमालेले समर्थन दिएर मुख्यमन्त्री यादवलाई सरकार संचालन गर्न सहजता प्रदान गरेको उल्लेख गदैै उनले भने,‘ हामीले कुनै योजना, बजेट वा सत्ताको लोभमा नभई आर्थिक तथा समाजिक रुपमा पछाडि परेको मधेशको विकासमा एमाले वाधक नरहोस भनेर विश्वासको मत दिको हो ।’