LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहलाई स्पष्टीकरण सोधेको छ ।विमानस्थलको निषेधित क्षेत्रभित्र निर्माणाधीन भवनको निर्माण कार्य रोक्न निर्देशन दिएकोबारे उड्डयन प्राधिकरणले मेयरसँग स्पष्टीकरण माग गरेको हो ।काठमाडौं–९ मा रहेको जग्गामा बनाइरहेको कम्प्लेक्सको नक्सा पास नभएको भन्दै बिहीबार काठमाडौं महानगरको नगर प्रहरी पुगेको थियो ।  महानगरको टोलीले भवन बनाइरहेको क्षेत्रमा लगाइएको तारबार हटाएको थियो भने निर्माण रोक्न भनेको थियो ।

उड्डयन प्राधिकरणले भने निर्माण रोक्नुअघि महानगरले कुनै जानकारी नदिएको बताएको छ । साथै लिखित पत्र र आधिकारिक जानकारी माग गर्दा नगर प्रमुखको आदेश बमोजिमको काम भएर त्यहीँ गएर बुझ्नू भन्ने जवाफ पाएको भन्दै उड्डयन प्राधिकरणले  नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनको दफा २५ (१) बमोजिम सजाय किन नगर्ने हो ? भन्दै बालेनलाई स्पष्टीकरण सोधेको छ ।यसअनुसार कारवाही भएमा मेयर बालेनलाई ५० हजारसम्म जरिबाना पर्नसक्छ ।

 

प्राधिकरणको निर्माणाधीन भवन ।

उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गरेको निर्णयअनुसार स्पष्टीकरण पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न बालेनलाई निर्देशन दिइएको छ । लिखित स्पष्टीकरण नदिए कानुन बमोजिम कारवाही गरिने पत्रमा उल्लेख छ ।

प्राधिकरणले महानगर नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई पनि स्पष्टीकरण सोधेको छ ।

हेर्नुहोस् स्पष्टीकरण पत्रहरूः

सम्बन्धित खबर