LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । नेपाल आयल निगम डिपो कार्यालय धनुषा महेन्द्रनगरले पेट्रोलियम पर्दाथ ढुवानिमा बदमानि गर्ने टयान्करलाई कारर्वाही नगरि संरक्षण गर्ने गरेको पाईएको छ ।
बरौनि अमलेखगञ्ज संचालन हुने विभिन्न तीन वटा टयान्करले लोड गरिएको भन्दा कम पेट्रोल आपुर्ति गरेपनि ति टयान्करहरुलाई मेहन्द्रनगर डिपोले कारर्वाही नगरि संरक्षण गरिरहेको छ । महेन्द्रनगर डिपो अन्तर्गत संचालन हुने ना ६ ख ९०८०, ना ७ ख १७४९ र ना ७ ख १३७० नम्बरको टयान्करले बरौनिमा लोड गरिएको भन्दा झण्डै ५० लिटर कम पेट्रोल आपुर्ति गरेको पाईएको थियो । हेटौडास्थित कल्वेशनमा चेकजाँज गर्दा ति टयान्करहरुमा लोड गरिएको भन्दा ५० लिटर सम्म कम पेट्रोल पाईएको थियो । तर ति टयान्कर मध्ये एउटा पेट्रोलियम पर्दाथ ढुवानि संघका अध्यक्ष किषुणदेव साह, उपाध्यक्ष रामकिशोर साहको रहेकोले महेन्द्रनगर डिपोका निमित प्रमुख दिलिप कुमार चौधरीले कारर्वाही नगरि त्यतिकै संरक्षणको गरेको आरोप लागेको छ ।
डिपोका एक कार्मचारीले भने,‘ कम पेट्रोल ढुवानी गर्ने टयान्कर अन्य व्यक्तिको भएको भए कारर्वाही हुन्थियो । तर ढुवानि संघका अध्यक्ष, उपाध्यक्ष भएकोले कारर्वाही नगरि संरक्षण गर्ने काम भएको छ ।’ टयान्करले कम पेट्रोलियम पर्दाथ आपुर्ति गर्दा व्यापारिहरुको मारको परेको छ ।

सम्बन्धित खबर