
जनकपुरधाम । मधेश प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री कृष्णा प्रसाद यादवले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएको छ ।
मुख्यमन्त्री सरोज कुमार यादवले पत्नी उपचार गराउन एक सप्ताहको लागि विहिवार छिमेकी मुलुक भारत गएकोले मन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको मुख्यमन्त्रीकाा प्रेस सल्लाहकार सीताराम अग्रहरिले जानकारी दिए । मन्त्री यादव सात्तासाझेदार दल नेपाली काँग्रेसका मधेश प्रदेशका संसदीय दलका नेता समेत हुन् ।