LIVE
धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने |

जनकपुरधाम । मधेश प्रदेशको राजधानि जनकपुरधाम उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८०÷८१ को लागि २ अर्ब २८ करोड २३ लाख ६८ हजार २९० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
शुक्रवार उपमहानगरपालिकाको १०औँ नगर परिषदको उदघाटन सत्रमा नगर उपप्रमुख किशोरी साहले आर्थिक वर्ष २०८०÷८१ का लागि चालु तर्फ १ अर्व १३ करोड ६२ लाख र पुजिगत तर्फ ५६ करोड ९५ लाख ६८ हजार २९०, वित्तीय व्यवस्थापन तर्फ ५ करोड ३३ लाख ३४ हजार र युआरएलआइपी संचालन तर्फ ५२ करोड ३३ लाख १७ हजार गरि २ अर्ब २८ करोड २३ लाख ६८ हजार २९० रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
बजेटमा राजस्वबाट २ अर्ब २८ करोड २३ लाख ६९ हजार २९०, नेपाल सरकार राजश्व बाँडफाँडबाट ३४ करोड ८४ लाख २६ हजार एक सय, प्रदेश सरकार राजश्व बाँडफाँडबाट १ करोड ८८ लाख ८५ हजार १९०, नगर विकास कोष ऋण ८ करोड ३७ लाख ६० हजार र जनसहभागिताबाट २ करोड ७० लाख प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरि, नगर विकास कोषबाट आन्तरिक ऋण ८ करोड ३७ लाख ६० हजार, चालु आवामा खर्च हुन नसक्ने अर्थात उपमहानगरपालिकाको सञ्चित कोषमा बैंक मौज्दात २० करोड, वाह्य स्रोततर्फ अन्तर सरकारी वित्तिय हस्तान्तरणबाट १ अर्ब ३९ करोड ४२ लाख ९८ हजार राजश्व र अनुदान प्राप्त हुने अनुमान गरिएको छ ।
त्यसैगरि, नेपाल सरकारको सशर्त अनुदानबाट ६० करोड २९ लाख र नेपाल सरकार समानीकरण अनुदानबाट ३२ करोड ५० लाख, नेपाल सरकार समपुरक अनुदानबाट १ करोड २५ लाख र युआरएलआईपी कार्यक्रम संचालनको लागि ४० करोड १२ लाख २३ हजार गरि जम्मा १ अर्ब ३४ करोड १६ लाख २३ हजार राजस्व तथा अनुदान प्राप्त हुने अनुमान बजेटमा गरिएको छ ।
त्यसैगरि, प्रदेश सरकार सशर्त अनुदानबाट १ करोड ५० लाख, प्रदेश सरकार विशेष अनुदानबाट ७५ लाख, प्रदेश सरकार समपुरक अनुदानबाट ५० लाख र प्रदेश सरकार समानिकरण अनुदानबाट २ करोड ५१ लाख ७५ हजार गरी ५ करोड २६ लाख ७५ हजार राजस्व तथा अनुदान प्राप्त हुने अनुमान छ ।
‘सफा, स्वच्छ, सुन्दर र सु–संस्कृत जनकपुरधाम उपमहानगर’ नारालाई सार्थक बनाउन उपमहानगरपालिकाले विनियोजित बजेट मध्ये आर्थिक विकास समितिलाई ६ करोड ७९ लाख ७५ हजार, सामाजिक विकास समितिलाई ६१ करोड २८ लाख ४३ हजार ५ सय, पूर्वाधार विकास ९० करोड ९८ लाख ८८ हजार २९०, वन, वातावरण तथा विपद व्यवस्थापनलाई ६ करोड २ लाख ८७ हजार ५ सय, सुशासन तथा संस्थागत विकास समितिलाई ५७ करोड ६३ लाख ७५ हजार बजेट वित्तरण गरिएको छ ।
उपमहानगरपालिकाले फोहोरमैला संकलन गर्न डस्टविन व्यवस्थापन गर्न २० लाख, लामखुट्टे नियन्त्रणको नियन्त्रणबारे अध्ययन गर्न १० लाख र त्यसलाई कार्यान्वयन गर्न २ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको हो ।
नगरपालिकाको गाडी पार्किंग स्थल तथा ग्यारेजका लागि १ करोड ५० लाख, नगर सौन्दर्यीकरण योजना तथा फोहोरमैला प्रसोधन केन्द्र निर्माणका लागि २ करोड ५० लाख, रामजानकी अन्तराष्ट्रिय रंग्शालाको थप निर्माणका लागि २० लाख रकम विनियोजन गरिएको छ । त्यसैगरि, घुम्ती शौचालय खरिद गरि सञ्चालन गर्न ३५ लाख विनियोजन गरिएको हो । उपप्रमुख साहले यसका अतिरिक्त विनियोजन बजेटमा अन्य अनुदान शिर्षक अन्तर्गत सामाजिक सुरक्षा भता लगायतमा बजेट सिलिङ्ग प्राप्त नभएकोले सामाजिक सुरक्षा भता लगायतका थप शिर्षकमा विनियोजित भई आउने रकम सोही अनुसार विनियोजन हुने बताए ।
बजेट सार्वजनिक अघि प्रमुख मनोज कुमार साहले उपमहानगरपालिकाको नीतिक तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगर प्रमुख साहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, पुर्वाधार विकास तथा कृषि क्षेत्रलाई प्राथमिकता दिईएको छ । कृषि क्षेत्रलाई सुधार गर्न एक वडा एक उत्पादन, एक वडा एक पशु फर्म, एक टोल एक सामुहिक कृषि उत्पादन, उत्पादन क्षेत्र नीति लिने निती तथा कार्यक्रममा उल्लेख छ । जनकपुरधामलाई स्वदेशी तथा विदेशी पर्यटक भित्रयाउन जानकी फेस्टीभल, परिक्रमाको पडाव स्थलहरुमा मेयर र्फम गठन गर्ने लगायतका नीति उपमहानगरपालिकाले लिएको छ ।

सम्बन्धित खबर