LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

काठमाडौं । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाबापत योगदानकर्तालाई झण्डै ५ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले हालसम्म विभिन्न सुरक्षा योजनाबाट योगदानकर्तालाई ४ अर्ब ७९ करोड रुपैयाँ भुक्तानी गरेको हो ।

कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ । हालसम्म कोषबाट ८४ हजार छ सय ७३ योगदानकर्ताले विभिन्न योजनाबापत सुविधा लिएका छन् ।

औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत ५५ करोड ४४ लाख ४७ हजार चार सय आठ, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ६ करोड ७४ लाख ९२ हजार दुई सय ६२, आश्रित परिवार सुरक्षा योजनाबापत ७ करोड ९६ लाख ७६ हजार दुई सय २६ र वृद्धावस्था सुरक्षा योजनाबाट ४ अर्ब नौ करोड ५८ लाख ३३ हजार तीन सय ९९ भुक्तानी गरिएको कोषले जनाएको छ ।

कोषमा हालसम्म ३५ अर्ब १० करोड योगदान रकम सङ्कलन भइसकेको छ । कोषमा औपचारिक क्षेत्र र वैदेशिक क्षेत्रका श्रमिक आबद्ध हुँदै आएका छन् । अनौपचारिक र स्वरोजगार श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने क्रम अन्तिम चरणमा रहेको जनाइएको छ ।

कोषमा १७ हजार नौ सय ६४ रोजगारदाता र ५ लाख ९२ हजार नौ सय २४ श्रमिक सूचीकृत भएका छन् । सरकारले २०७५ मङ्सिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो ।
–रासस

सम्बन्धित खबर