LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले भारतका लागि २५ करोड ५५ लाख डलरको कर्जा पारित गरेको छ । प्राविधिक शिक्षाको स्तर उकास्न अनि विद्यार्थीका लागि जागिरको सम्भावना बढाउन सो कर्जा अनुमोदन गरिएको हो । यो रकम २७५ ओटा सरकारी प्राविधिक संस्थालाई आगामी ५ वर्षभित्र दिइनेछ । यसबाट वार्षिक साढे ३ लाखभन्दा धेरै विद्यार्थीहरू लाभान्वित हुने बताइएको छ ।

भारतमा माध्यमिक तह पूरा गरेपछिको तृतीय शिक्षा अर्थात् व्यावसायिक विद्यालय वा पोलिटेक्निक्स लगायतको पढाइ व्यापकरूपमा विस्तार भएको छ । सन् २०११–१२ मा देशका ४० हजार यस्ता कलेजमा २ करोड ९० लाख विद्यार्थीहरू आबद्ध भएकोमा सन् २०१९–२० मा यो संख्या बढेर ३ करोड ९० लाखमा पुगेको छ । भारतको तृतीय शिक्षा विश्वकै सबैभन्दा ठूलो हो ।

तर, यस्ता कलेजका विद्यार्थीहरूका प्राविधिक र गैरप्राविधिक क्षमतामा अन्तर बढ्दा समस्या उत्पन्न भएको छ । विश्व बैंकको यो कर्जा यस्ता कलेजमा पढ्ने विद्यार्थीलाई जागिर पाउन सक्ने सम्भावना बढाउन अनि शीप अभिवृद्धिमा सघाउनेछ । यो परियोजनाअन्तर्गत विद्यार्थीहरूले अपग्रेडेड पाठ्यपुस्तक पाउनेछन् । यसमा सञ्चारको क्षेत्रमा उदीयमान प्रविधि अनि जलवायु उत्थानशीलता समेत हुनेछ । एजेन्सी

सम्बन्धित खबर