LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

जनकपुरधाम । मदर्सा शिक्षालाई मुलधारको शिक्षामा समाहित गराउन मदर्सा शिक्षा बोर्ड गठनको माग गर्दै आम जनता पार्टीका भातृ संगठन आम मुस्लिम मोर्चाले जनकपुरधाममा प्रदर्शन गरेको छ ।
मधेश प्रदेश सभामा लामो समयदेखि अड्केको मदर्सा शिक्षा विद्येयक पास गराउनुपर्ने मागसहित मोर्चाले विहिवार जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री सरोज कुमार यादवलाई ज्ञापनपत्र समेत बुझाएका छन् । मोर्चाले मदर्सा शिक्षा विद्येक, मुस्लिम युनिवर्सिटी सहितका माग गर्दै स्थानीय पिराडी चोकबाट जुलुस प्रदर्शन गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुगेको थियो ।
मदर्सा शिक्षालाई पनि राष्ट्रिय मुलधारको शिक्षामा ल्याउन मदर्सा शिक्षा विद्येयक आवश्यक रहेको त्यसलाई सभाबाट पारित गराउन माग गरेका छन् । यस अघि लालबाबु नेतृत्वको सरकारले मदर्सा शिक्षा विद्येयक प्रदेश सभामा लगेपनि पास गराउन सकेका थिएन । मोर्चाका संयोजक लालबाबु मन्सुरीको अगुवाईमा बुझाएको ज्ञापनमा मदर्सा शिक्षालाई व्यवस्थित गर्दै ‘मुस्लिम यूनिवर्सिटी’ समेत स्थापना गर्नुपर्ने माग अघि सारेको छ ।
परापूर्वकाल देखी चल्दै आएको मदर्सा शिक्षा संकटमा छ संयोजक मन्सुरीले उनले भने, ‘मुसलमानहरुको मौलिक संस्कृति एवं रीतिरिवाजको संरक्षण र उत्थानको सट्टा लोप भईरहेकोले राज्यले यस प्रति गम्भिर हुनु आवश्यक छ ।’ न्याय र समानताको सट्टा मुस्लिम सामुदायसँग राज्यले खुलेआम विभेद र निषेध गर्ने कार्य गरिरहेको आरोप लगाउदै उनले संविधानले दिएको अधिकार मुस्लिम सामुदायले व्यवहारमा पनि पाउनु पर्ने बताए ।
आर्थिक समाजिक, शैक्षिक रुपमा पछाडि परेको मुस्लिम सामुदायलाई राज्यको हरेक अंग र निकायमा बिशेषाधिकारको व्यवस्था गर्नुपर्ने, इस्लाम धर्मावलम्बीहरुको पर्वहरुमा सार्वजनिक बिदा राष्ट्रिय कैलेण्डरमै समाहित गर्नुपर्ने, इस्लाम धर्म र संस्कृतिको सम्बर्दनका लागि प्रर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने मोर्चाको माग छ ।
यसैगरी बिभेद र उत्पीडनको शिकार भएका गरिब विपन्न मुस्लिम परिवारलाई आवास र रोजगार सहित राहतको व्यवस्था गर्नुपर्ने, मुस्लिमहरु माथि हुने धार्मिक तथा जातीय हिंसा रोक्न बिशेष पहल गर्नुपर्ने लगायतका माग गरिएको मोर्चाले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

सम्बन्धित खबर