LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

जनकपुरधाम । गत २० चैत २०७८ देखि नियमित संचालनमा रहेको नेपालको एक मात्र जयनगर–कुर्था रेल सेवा विस्तार हुने भएको छ ।
भारतीय बजार जयनगर कुर्था ३५ किलोमिटर ओरहदोहर गर्दै आएको नेपाली रेल आउदो १ असारदेखि महोत्तरीको सितापुरभंगहा सम्म थप १७ किलोमिटर सेवा विस्तार गर्ने भएको छ ।
जयनगर कुर्था सम्म दैनिक दुई पटक सेवा दिदै आएको नेपाल रेल्वे आउदो आईतवारदेखि महोत्तरीको भङ्गहा बिजलपुरा सम्म संचालन हुने नेपाल रेल्वे कम्पनीका ईन्जिनियर रविन्द्र साहले बताए । उनले जयनगरदेखि बिजलपुरा सम्मको भाडा दर जेनरल बोगिमा १३० रुपैयाँ र एसीमा ६५० रुपैयाँ तोकिएको बताए ।
उनले संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला रेलको उदघाटन गर्ने कार्यक्रम रहेको बताए । नेपाल रेल्वे न्यारोगेज सेवा संचालन भएको बखत पनि बिजलपुर सम्म संचालन हुने गरेको थियो । तर २०५२ सालमा आएको बढीले बिघही पुलको भत्काएपछि रेल सेवा जनकपुर जयनगरमा मात्र सिमित हुन पुगेको थियो ।
यसैबीच, झण्डै डेढ वर्षदेखि नियमित संचालनमा रहेको नेपालको एक मात्र जयनगर– कुर्था दुई वटा नेपाली रेलको आर्थिक वर्ष सकिन लाग्दा पनि बिना हुन सकेको छैन ।
नेपाल सरकारले रेलको लागि चाहिने आवश्यक बजेट उपलब्ध नगराउदाँ दुवै नेपाली रेल बिना बिमा नियमति जयनगर कुर्था संचालन हुदै आएको छ । दैनिक दुई पटक सचालन हुदै आएको दुई वटा रेलको बिमा वजेट अभाव हुन नसकेको नेपाल रेल्वे कम्पनिले जनाएको छ । एक पटकमा हजारभन्दा बढी यात्रु लिएर हिड्ने दुई वटा रेलको अहिले सम्म बिना गुडिरहेको छ ।
दुवै रेलको बिमाको लागि चालु आर्थिक वर्षमा १५ लाख र गत आर्थिक वर्षमा ३० लाख रकम बिमाकै लागि विनियोजन गरिएको थियो । जबकी एउटै बोगि सहितको रेलको बिमा गर्नलाई ९० लाख रुपैयाँ चाहिन्छ । यस हिसाबले दुवै रेल बिमाको लागि १ करोड ८० लाख रुपैयाँ खर्च हुन्छ ।
इन्सुरेन्सको लागि गत आर्थिक वर्षमा ३० लाख रकम विनियोजन गरिएको थियो, नेपाल रेल्वे कम्पनिका इन्जिनियर रविन्द्र साहले भने,‘ रकम अपुग भएपछि इन्सुरेन्स गराउन सकिएन । चालु आर्थिक वर्षमा पनि बिमाको लागि १५ लाख मात्रै रकम विनियोजन गरिएको छ । हामिले थप वजेट माग गरेका थियौ । तर थप वजेट अहिले सम्म आएन ।’ उनले आगामी आर्थिक वर्षमा बिनामा लागि रकम विनियोजन गर्ने भनेर मन्त्रालयबाट आश्वासन आएको बताए ।
रेलको बिमा नभएपनि रेल दुघर्टनाग्रस्त हुदाँ त्यसमा सवार यात्रुलाई नेपाल रेलको ऐन अनुसार मृतकका परिवारजनले ७ लाख क्षतिपुर्ति वापत पाउने व्यवस्था रहेको उनले बताए । तर रेलमा कुनै प्रकारको समस्या भएको खण्डमा अनावश्यक खर्चको भार पर्ने उनले बताए ।
गत पुसमा वैदेही स्टेशनमा नेपाली रेलमै किचिएर यात्रु मृत्यु भएको थियो । रेल खुल्न लागेपछि उनी टिकट नै नलिई रेल्वमा चढ्ने क्रममा रेलबाट लड्दा किचिएर धनुषा नगराईन नगरपालिकाका ३५ वषिएय पुर्ण सदाको मुत्यु भएको थियो । उक्त घटनाको छानबिनको लागि नेपाल रेल्वे कम्पनिले छानबिन तथा मृतक परिवारलाई क्षतिपुर्तिको लागि छानबिन समिति गठन गरिएको थियो । तर छानबिन समितिले मृतकको टिकट नलिई रेलमा चढेको भन्दै मृतक परिवारलाई क्षतिपुर्ति दिएन ।
दैनिक हजारभन्दा बढी यात्रु रेल मार्फत ओहोरदोहर गरेपनि रेलको बिना नगराउदाँ यात्रुहरु पनि असुरक्षित रहेका छन् । करोडौ घाटामा रहेका नेपाली रेलमा भविष्यमा कुनै प्रकारको मानविय घटना भएको खण्डमा पीडित परिवारलाई कसरी क्षतिपुर्ति दिन्छ भनेर सर्वसधारण जनताले चिन्ता व्यक्त गर्छन् ।

 

 

सम्बन्धित खबर