LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम । लामो समयदेखि वर्षा नहुदाँ खडेर परेको वेला नेकपा एमालेले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गरेका छन् ।

नेकपा एमालेका मधेश प्रदेशका प्रमुख सचेतक लखन दासले वर्षा नहुदाँ किसानहरु धान रोपाई गर्न नसकेको, खेतिपातिमा आश्रित किसानहरु मागमा परेको भन्दै प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरि किसानलाई राहत तथा क्षतिपूर्ति दिन प्रदेश सरकारसँग माग गरेका छन् ।

आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई ५ बुँदे ज्ञापन पत्र बुझाउँदै प्रमुख सचेतक दासले मौसमी वर्षा नहुदाँ धान रोपाई नभई अधिकांश खेत बाँझो हुन पुगेको र केहि रोपिएको धान पनि सुख्न थालेले किसानहरु थप मर्कामा परेको बताए । उनले मौसम अनुसारको वर्षा नहुदाँ पशुहरुमा लम्पी स्किन रोगले लाग्ने गरेको बताए ।

मधेश प्रदेशलाई तत्काल सुख्खा क्षेत्र घोषणा गरि पीडित किसानहरुलाई राहत र क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने, हाल माहामारीको रुपमा फैलिईएको लम्पि स्किन रोग निदान तथा नियन्त्रणको लागि प्राविधिकहरु परिचालन गरि भ्याक्सिनको व्यवस्था गर्नुपर्ने साथै लम्पि स्किनका कारण वस्तु भाउहरु गुमाएका किसानहरुलाई क्षतिपुर्तिको व्यव्वस्था गर्नुपर्ने माग एमाले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

त्यसैगरि, मधेश प्रदेश सरकारले प्रदेश भरिका किसानहरुका लागि उन्नत विउ विजन, सिंचाई तथा मलखाद्य सरल र सहज उपल्वधताको सुनिश्चित गर्नुपर्ने, कृषि विद्युतिकरण संग आवद्ध भएका किसानहरुका लागि २४ सै घण्टा विद्युत आपुर्तिको व्यवस्थ हुनुपर्ने र राहत स्वरुप यस वर्षको विद्युत महशुल प्रदेश सरकारले तिरिदिनु पर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।

सम्बन्धित खबर