LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम । सर्लाहीको मार्कज फातिमा अल–जहरा लिल्बनातमा कर्बलाका शहीदहरूको सम्झनमा मुस्लिम छात्राहरुको सम्मेलनको आयोजना गरिएको छ ।
म्र्कजका संस्थापक तथा नेपाल मुस्लिम बोर्डका अध्यक्ष डा. मौलाना मुहम्मद मुबशिशर हसन मिस्बाहीले इस्लाम धर्मको संरक्षणको लडाईमा आफ्नो ज्यानको बलिदानी दिने इमाम हुसैनको जीवन दर्शण वारेको छात्राहरुलाई जानकारी दिएका थिए । असत्य माथि सत्यको विजयी तथा समाजिक न्यायको लागि आफ्नो ज्यानको बलिदानी दिने इमामे हुसैनको सन्देश मानव जीवनको लागि महत्वपुर्ण रहेको अध्यक्ष मिस्बाहीले बताए ।
सम्मेलनमा झारखण्डकी अलिमा फाजिला अजमेरी साहिबा र मदरसा सैयदा फातिमा अल–जाहराकी अलिमा फजला गुल्फशान अमजादीले इमाम हुसैनको महत्त्वपूर्ण शिक्षा र शहीदको दर्शनको बारेमा विद्वान र बौद्धिक तर्क गरेकी थिईन । मरकज फातिमा अल–जाहरा लिल्बनातकी शिक्षिका कनीज फातिमाले केन्द्रको शिक्षा र तालिमका महत्वपुर्ण विषय वारे आफ्ना मन्तवय राखेकी थिईन । आलिमा अजमेरी, इशरत फातिमा र सहनी खातुनले वाचनको गरेको नातशरिफले सम्मेलनलाई झन रोमामंचक बनाएको थियो ।

सम्बन्धित खबर