
जनकपुरधाम । लामो समयदेखि प्रदेशका वर्षा नभई खडेरी परेको र खानेपानीको अभाव लगायतका समस्या सधानका लागि प्रदेश सरकारले सरोकारवाालासँग छलफल थालेको छ ।
वर्षा नहुदाँ धान रोपाईन नहुन नसकेको र रोपोको धान पनि पानीको अभावमा सुख्न थालेका तथा कलहरुको पानी सुखेकोले खानेपानीको समेत अभाव भएकोले ति समस्या समाधानका लागि प्रदेश सरकारले विभिन्न सरोकारवाला निकायहरुसँग गम्भिर छलफल थालेको हो । सोही क्रममा प्रदेश सरकारले शुक्रवार प्रदेशका ८ वटै प्रमुख जिल्ला अधिकारिहरुसँग जिल्लाको अवस्था वारे जानकारी लिएको छ ।
छफलमा प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुले यस पटक ५० प्रतिशतभन्दा बढी रोपाई हुन नसकेको, भएपनि वर्षाको अभावमा रोपेको धानवाली मर्न लागेकोले केन्द्रसँग समन्वय गरी अविलम्व अघि बढ्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । चुरे संरक्षण, नहरहरुको निर्माण, पुरिएका पुराना पोखरीहरुको उत्खनन, पानी रिचार्जको नयाँ प्रविधि र प्याकेजहरु तयार पार्न जरुरी रहेको साथै अव हिउँदेबालीको लागि जोड दिनुपर्ने प्रमुख जिल्ला अधिकारीहरुले सुझाएका थिए । किसानहरुको मालपोत मिनहा, फुड बैंकको स्थापना लगायतका विषयमा समेत वैठकमा चर्चा गरिएको थियो ।
वैठकमा मुख्यमन्त्री सरोज कुमार यादवले लामो समयदेखि वर्षा नहुदाँ धान रोपाई प्रभावित हुनुको साथै पानीको तह कम भई कलहरु समेत पानी आउने छाडेको समस्या प्रति सरकार गम्भिर रहेको बताए । यि समस्या तत्काल समाधान गर्न कै लागि प्रदेश सरकारले संघिय सरकारसँग समन्वय गरि तत्काल कुनै निर्णय लिने बताए ।
वैठकमा भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपानेले १०÷१५ दिनमा वर्षा नभएर वैकल्पि खेतीको तयारीमा जुटनुपर्ने बताए । सुख्खामा के वाली लगाउने ? वैकल्पिक खेतीलाई कसरी लिएर जाने ? लगायतका विषयमा तयारी गर्नु आवश्यक मन्त्री न्यौपानेले भने,‘ अव दोस्रो र तेस्रो वालिको लागि तयार हुनु आवश्यक छ ।’
त्इसैगरि, वैठकमा गृह, संचार तथा कानूनमन्त्री मोहमद समीमले सप्तरीदेखि पर्सासम्म एकैनासको समस्या रहेको बताउदै उनले यसको लागि प्रदेश सरकारले गम्भिरतापुर्वक लागेको बताए । खडेरीका मारमा प्रदेशका किसानहरु परेको उल्लेख गर्दै किसानको समस्या समाधान गर्न प्रदेश सरकारले अगाडी बढेको मन्त्री समिमको भनाई थियो ।
त्यसैगरि, उर्जा, सिचाई तथा खानेपानी मन्त्री सिंहासन सा कलवारले सुनकोशी कमला मरिन डाइभर्सन परियोजनाबारे चर्चा गर्दै खानेपानीको समस्या समेत चाडै नै समाधान हुने विश्वास प्रतिवद्धता जनाए । वैठकमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) जनक भट्टराईले विगतका वर्षहरुभन्दा यो वर्षको समस्या पृथक रहेको बताउदै यसपटक सुख्खा र पिउने पानीको समस्या आएकोले यसलाई निराकरण गरिएन भने भयावह समस्या आउने सक्ने बताए ।
उर्जा, सिचाई तथा खानेपानी मन्त्रालयका निमित्त सचिव अरुणलाल कर्णले सरदर २५ देखि ३० प्रतिशत ट्युवेल सुख्न लागेको बताए ।