LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

जनकपुरधाम । लामोदेखि वर्षा नहुदाँ मधेश प्रदेशका पशुहरुमा लम्पी स्किन रोगको महामारी फैलिएको छ ।
लम्पी स्किन रोगको महामारीका कारण दुई भन्दा बढी गाईबस्तुको मुख्य भएको छ । मधेश प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार लम्पी स्किन रोग लागेर सबभन्दा बढी सिरहामा १ हजार ११८ गाई भैसीसहितका पशुको मृत्यु भएको छ ।
त्यसैगरि, सो रोगले सप्तरीमा ३००, धनुषामा १५३, महोत्तरीमा २४९, सर्लाहीमा ११०, रौतहटमा, वारमा ६१ र पर्सामा २ पशुको मृत्यु भएको छ । मृत्यु भएको २ हजार २५ पशुमा भैसी÷राँगा मात्र छ र बाँकी २ हजार १९ वटा गाई÷गोरुको मात्र मृत्यु भएको छ । पशु अधिकृत चिकित्सक डा.रंजित कुमार अधिकारीले लामो समयदेखि वर्षा नहुदाँ पशुहरुमा यो रोग महामारी रुपमा फैलिएको बताए ।
पशुहरुमा लम्पी स्किनको रोगको महामारी फैलिएपछि प्रदेश सरकारले सो विरुद्धको खोप लगाउने अभियान सुरु गरिएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द वहादुर न्यौपानेले जानकारी दिए ।
पशुहरुमा लाग्ने यो रोग वर्षा नहुदाँ महामारीको रुपामा फैलिएपछि प्रदेशका ८ वटै जिल्लामा सो रोग विरुद्धको खोप लगाउने कार्य सुरु गरिएको बताए । उनले अहिले सम्म प्रदेशका आठवटै जिल्लाका ४५ हजार ८ सय २५ पशुलाई लम्पी स्किन विरुद्वको खोप लगाईएको बताए ।सो रोगका कारण गाईबस्तुको व्यापक क्षति भएपछि प्रदेशका पशु पाल्ने किसानहरुमा मर्कामा परेका छन् ।

सम्बन्धित खबर