LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

जनकपुरधाम । लामोदेखि वर्षा नहुदाँ मधेश प्रदेशका पशुहरुमा लम्पी स्किन रोगको महामारी फैलिएको छ ।
लम्पी स्किन रोगको महामारीका कारण दुई भन्दा बढी गाईबस्तुको मुख्य भएको छ । मधेश प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार लम्पी स्किन रोग लागेर सबभन्दा बढी सिरहामा १ हजार ११८ गाई भैसीसहितका पशुको मृत्यु भएको छ ।
त्यसैगरि, सो रोगले सप्तरीमा ३००, धनुषामा १५३, महोत्तरीमा २४९, सर्लाहीमा ११०, रौतहटमा, वारमा ६१ र पर्सामा २ पशुको मृत्यु भएको छ । मृत्यु भएको २ हजार २५ पशुमा भैसी÷राँगा मात्र छ र बाँकी २ हजार १९ वटा गाई÷गोरुको मात्र मृत्यु भएको छ । पशु अधिकृत चिकित्सक डा.रंजित कुमार अधिकारीले लामो समयदेखि वर्षा नहुदाँ पशुहरुमा यो रोग महामारी रुपमा फैलिएको बताए ।
पशुहरुमा लम्पी स्किनको रोगको महामारी फैलिएपछि प्रदेश सरकारले सो विरुद्धको खोप लगाउने अभियान सुरु गरिएको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द वहादुर न्यौपानेले जानकारी दिए ।
पशुहरुमा लाग्ने यो रोग वर्षा नहुदाँ महामारीको रुपामा फैलिएपछि प्रदेशका ८ वटै जिल्लामा सो रोग विरुद्धको खोप लगाउने कार्य सुरु गरिएको बताए । उनले अहिले सम्म प्रदेशका आठवटै जिल्लाका ४५ हजार ८ सय २५ पशुलाई लम्पी स्किन विरुद्वको खोप लगाईएको बताए ।सो रोगका कारण गाईबस्तुको व्यापक क्षति भएपछि प्रदेशका पशु पाल्ने किसानहरुमा मर्कामा परेका छन् ।

सम्बन्धित खबर